बुधबार, आश्विन ७,२०८३ 01:31:22
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 01:31:22
Bizshala
Global IME Bank Limited

दशैंका लागि अग्रिम टिकट बुकिङलाई निरन्तरता, यात्रुको परिचय खुल्ने चलानी अनिवार्य

Bizshala
दशैंका लागि अग्रिम टिकट बुकिङलाई निरन्तरता, यात्रुको परिचय खुल्ने चलानी अनिवार्य
New Office

 

काठमाण्डौ । सरकारले आगामी दशैं, तिहार र छठ पर्वका लागि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने भएको छ। यातायात व्यवस्था विभागले सरोकारवाला निकायलाई पठाएको १५ बुँदे निर्णयमा अग्रिम टिकट बुकिङ, यात्रुको विवरणसहितको चलानी, अनलाइन टिकट, चालक परीक्षण तथा यातायात अनुगमनलाई प्राथमिकता दिइएको छ।

तर अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्ने भन्ने मिति विभागले अझै तोकेको छैन।

विभागका अनुसार सार्वजनिक यातायात व्यवसायीले टिकट बिक्रीका लागि यथासम्भव अनलाइन बुकिङको व्यवस्था मिलाउनुपर्नेछ। साथै, यात्रुको परिचय खुल्ने विवरण समावेश भएको चलानी लिएर मात्रै सवारी सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

यातायात व्यवसायी, कम्पनी तथा संस्थाले टिकट बिक्री गर्ने कर्मचारीका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्नेछ। अनधिकृत काउन्टर तथा परिचयपत्र वा पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्न पनि विभागले निर्देशन दिएको छ।

सार्वजनिक सवारी प्रयोग गर्ने यात्रुले अनिवार्य टिकट लिएर मात्रै यात्रा गर्नुपर्नेछ। आधिकारिक काउन्टर तथा परिचयपत्र भएका कर्मचारी वा व्यक्तिबाट मात्रै टिकट लिन विभागले यात्रुलाई आग्रह गरेको छ।

चाडपर्वका समयमा काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुवाहक सवारीसाधनको प्रभावकारी अनुगमनका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत सम्बन्धित निकायबीच समन्वय गरिने भएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सडक मर्मत र अतिरिक्त सवारीको तयारी

चाडपर्वका बेला यात्रुवाहक सवारीको चाप बढ्ने भएकाले मुख्य सडक तथा राजमार्गको नियमित निरीक्षण गरी आवश्यक मर्मत–सम्भार गर्न विभागले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

पहिरो नियन्त्रण, सडक जाम न्यूनीकरण तथा सडकको अवस्थाबारे सर्वसाधारणलाई नियमित सूचना प्रवाह गर्न सडक विभागसँग समन्वय गरिनेछ।

यात्रुको चापका आधारमा आवश्यक अतिरिक्त सवारीसाधनको व्यवस्था गर्न यातायात व्यवसायीलाई निर्देशन दिइएको छ।

त्यसैगरी, यात्रुवाहक सवारीको रुट परमिट खुला गर्ने, अग्रिम टिकट बुकिङ तथा ठूला सवारीसाधनको आवतजावत व्यवस्थापनबारे सरोकारवालासँग थप छलफल गरी मिति र समयावधि तोकेर सूचना जारी गरिने विभागले जनाएको छ।

चालकको मापसे–लापसे परीक्षण

चाडपर्व अवधिमा काठमाडौं उपत्यकाका प्रमुख प्रवेश तथा बहिर्गमन बिन्दुसहित देशभर चालकको मादक पदार्थ सेवन (मापसे) तथा लागुपदार्थ सेवन (लापसे) परीक्षण गरिनेछ।

कुनै चालकले मापसे वा लापसे गरेको पाइएमा सम्बन्धित यातायात व्यवसायीले तत्काल अर्को चालकको व्यवस्था गर्नुपर्नेछ।

लामो दूरीका यात्रुवाहक सवारी गन्तव्यतर्फ प्रस्थान गर्नुअघि सवारीसाधनको यान्त्रिक अवस्था अनिवार्य रूपमा जाँच गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य राख्नुपर्नेछ। उनीहरूले आलोपालो गरी सवारी चलाउने व्यवस्था मिलाउनुपर्ने र यसको सम्बन्धित निकायबाट अनुगमन गरिने विभागले जनाएको छ।

विभागले १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई चालक वा अन्य काममा नलगाउनसमेत स्पष्ट निर्देशन दिएको छ।

चाडपर्व नजिकिएसँगै यात्रुवाहक सवारीको चाप अत्यधिक बढ्ने र त्यससँगै दुर्घटनाको जोखिम पनि बढ्न सक्ने भएकाले अनुगमन तथा निगरानीलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको विभागले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.