बुधबार, आश्विन ७,२०८३ 03:25:57
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 03:25:57
Bizshala
Global IME Bank Limited

इटहरीमा सातदिने सीप तथा रोजगार मेला, १० विधाका ६५ स्टल रहने

Bizshala
इटहरीमा सातदिने सीप तथा रोजगार मेला, १० विधाका ६५ स्टल रहने
New Office

काठमाण्डौ । सरकारले आगामी दशकलाई ‘रोजगार दशक’का रूपमा अघि बढाउने नीतिअन्तर्गत कोशी प्रदेशको इटहरीमा सातदिने ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्ने भएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने नारासहित असोज १४ गतेदेखि २० गतेसम्म मेला आयोजना गर्न लागेको हो। सरकारले आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मको अवधिलाई ‘रोजगार दशक’का रूपमा अघि बढाउने तयारी गरेको छ।

मन्त्रालयका अनुसार उत्पादनशील रोजगारी सिर्जना, सीप विकास तथा श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो। उद्योगको आवश्यकता, श्रम बजारको माग र सीपयुक्त जनशक्तिबीचको सम्बन्धलाई थप मजबुत बनाउने मेलाको मुख्य लक्ष्य रहेको छ।

मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ स्वीकृत गरी सोही निर्देशिकाको नीतिगत मार्गदर्शनअनुसार मेला सञ्चालन गर्न लागेको जनाएको छ।

मेलामा उद्योग, सेवा, कृषि, निर्माणलगायत १० वटा विधामा ६५ वटा स्टल रहनेछन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘माग → सीप तालिम → रोजगार’ मोडल

मन्त्रालयले मेलाको मुख्य अवधारणा ‘माग → सीप तालिम → रोजगार’ लाई एउटै प्रणालीमा जोड्नु रहेको जनाएको छ।

रोजगारदाताबाट आएको जनशक्तिको माग पहिचान गर्ने, सोही आवश्यकताअनुसार सीप तालिम सञ्चालन गर्ने र तालिमप्राप्त व्यक्तिलाई रोजगारीसँग जोड्ने गरी मेला सञ्चालन गरिनेछ।

यसबाट उद्योगी, श्रमिक, शैक्षिक संस्था र सरकारबीचको समन्वय तथा साझेदारी प्रभावकारी हुने तथा रोजगारदाता र रोजगार खोज्ने व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित हुने सरकारको अपेक्षा छ।

तीनै तहका सरकार र निजी क्षेत्रको सहभागिता

मेला संघ, प्रदेश र स्थानीय तहका सरकार, निजी क्षेत्र तथा विकास साझेदारको सहभागिता र सहकार्यमा सञ्चालन हुनेछ।

नेपालको प्रमुख औद्योगिक क्षेत्रका रूपमा रहेको सुनसरी–मोरङ औद्योगिक करिडोरका विराटनगर महानगरपालिका, धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, सुन्दरहरैंचा र दुहबी नगरपालिका तथा कटहरी, बुढीगंगा र गढी गाउँपालिकालगायत कोशी प्रदेशका १३७ वटै स्थानीय तहको सहभागिता रहने मन्त्रालयले जनाएको छ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, नेपाल घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेश, उद्योग संगठन मोरङ, नेपाल ट्रेड युनियन महासंघ कोशी प्रदेशलगायत निजी क्षेत्रका संघसंस्थाको समेत सहभागिता रहनेछ।

नेपाल गाउँपालिका महासंघ, नेपाल नगरपालिका संघ तथा कोशी प्रदेशका जिल्ला समन्वय समितिको पनि मेलामा सहकार्य रहने जनाइएको छ।

अनलाइन पोर्टलबाट ‘जब म्याचिङ’

मेलाका लागि सरकारले jobfair.shramsansar.gov.np पोर्टलसमेत सञ्चालनमा ल्याएको छ।

कोशी प्रदेशका १३७ स्थानीय तहमा कार्यरत रोजगार संयोजकको सक्रिय सहभागितामा उक्त पोर्टलमार्फत रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच अधिकतम ‘जब म्याचिङ’ गरी रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य सरकारको छ।

आवश्यकता र मागअनुसार सीप, सीपअनुसार रोजगार र रोजगारमार्फत स्वदेशमै सम्मानजनक भविष्य निर्माण गर्ने उद्देश्यसहित मेला आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले रोजगारदाता, उद्योगी–व्यवसायी, श्रमिक, शैक्षिक तथा प्राविधिक संस्था, युवा तथा सम्बन्धित सबै सरोकारवालालाई मेलामा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.