इटहरीमा सातदिने सीप तथा रोजगार मेला, १० विधाका ६५ स्टल रहने
काठमाण्डौ । सरकारले आगामी दशकलाई ‘रोजगार दशक’का रूपमा अघि बढाउने नीतिअन्तर्गत कोशी प्रदेशको इटहरीमा सातदिने ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्ने भएको छ।युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने नारासहित असोज १४ गतेदेखि २० गतेसम्म मेला आयोजना गर्न लागेको हो। सरकारले आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मको अवधिलाई ‘रोजगार दशक’का रूपमा अघि...

