बुधबार, आश्विन ७,२०८३ 06:31:29
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 06:31:29
Bizshala
Global IME Bank Limited

असोज ९ देखि इलाममा अत्यन्त भारी वर्षाको चेतावनी, राति र लामो दूरीको यात्रा नगर्न प्रशासनको आग्रह

Bizshala
असोज ९ देखि इलाममा अत्यन्त भारी वर्षाको चेतावनी, राति र लामो दूरीको यात्रा नगर्न प्रशासनको आग्रह
New Office

काठमाडौं । जिल्ला प्रशासन कार्यालय इलामले जिल्लामा भारीदेखि अत्यन्त भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ।

नेपाल जल तथा मौसम विज्ञान विभागले असोज ५ गते जारी गरेको विशेष मौसमी बुलेटिनलाई आधार मान्दै प्रशासनले असोज ९ गतेदेखि ११ गतेसम्म इलाममा मेघगर्जन, हावाहुरी र चट्याङसहित भारी तथा अत्यन्त भारी वर्षा हुनसक्ने जनाएको हो।

सम्भावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम बढ्न सक्ने प्रशासनको चेतावनी छ। ठूला तथा साना खोला–खोल्सीमा पानीको बहाव बढ्दा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, शिक्षा, नदी किनार आसपासका निर्माण कार्य, सडक तथा सार्वजनिक यातायातसमेत प्रभावित हुनसक्ने जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयले असोज ८ गते बिहीबार बेलुकीदेखि नै विशेष सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरेको छ।

प्रशासनले आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरे आसपासका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र नदी किनार नजिक बसोबास गर्ने नागरिकलाई वर्षातको समयमा बढी चनाखो रहन र आवश्यक परे स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी सुरक्षित स्थानमा जान अनुरोध गरेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, उक्त अवधिमा अत्यन्त जरुरी कामबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न पनि आग्रह गरिएको छ। यात्रा गर्नैपर्ने अवस्थामा सडक र मौसमको अवस्थाबारे पहिल्यै जानकारी लिन प्रशासनले सुझाव दिएको छ।

भारी वर्षा भएको अवस्थामा तथा रातिको समयमा सवारी आवागमन रोक्न सकिने र परिस्थिति हेरेर जुनसुकै बेला सडक बन्द गर्नुपर्ने अवस्था आउनसक्ने प्रशासनले जनाएको छ। त्यसैले यात्रा तथा सवारी सञ्चालन गर्दा सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरिएको छ।

बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामी व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन पनि अनुरोध गरिएको छ।

वर्षाको अवस्था र स्थानीय भौगोलिक जोखिमलाई ध्यानमा राखेर आवश्यकताअनुसार विद्यालय तथा पठनपाठन स्थगनको निर्णय गर्नसमेत सम्बन्धित निकायलाई भनिएको छ।

जिल्ला प्रशासन कार्यालयले मौसम विज्ञान विभाग, प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने आधिकारिक सूचनाको नियमित जानकारी लिन तथा निर्देशन पालना गर्न आग्रह गरेको छ।

जिल्लास्थित सबै सुरक्षा निकाय, स्थानीय तह, नेपाल रेडक्रस, गैरसरकारी संस्था, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ।

जोखिमयुक्त खोला किनार तथा पहिरो जानसक्ने स्थानमा बसोबास नगर्न र त्यस्ता स्थानमा रहेका परिवारलाई आवश्यकताअनुसार शीघ्र सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तह तथा सुरक्षा निकायलाई आग्रह गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.