बुधबार, आश्विन ७,२०८३ 06:31:02
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 06:31:02
Bizshala
Global IME Bank Limited

दशैंका लागि आयात गरिएका सयौं गाडी प्रभावित, नाडाले माग्यो सरकारी राहत

Bizshala
दशैंका लागि आयात गरिएका सयौं गाडी प्रभावित, नाडाले माग्यो सरकारी राहत
New Office

काठमाण्डौ ।  रसुवामा हालै गएको भीषण बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षति तथा चीनतर्फ रोकिएका सवारी साधनको भन्सार सहजीकरणका विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सार विभागसँग छलफल गरेको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले असोज ७ गते भन्सार विभागका महानिर्देशक यमलाल भुसालसँग भेट गरी बाढीबाट अटोमोबाइल व्यवसायमा परेको असर, पीडित आयातकर्तालाई राहत तथा सीमामा रोकिएका सवारी साधनको सहजीकरणका विषयमा छलफल गरेको हो।

छलफलका क्रममा अध्यक्ष उप्रेतीले भदौ १० गते रसुवा, टिमुरेलगायत क्षेत्रमा गएको भीषण बाढीका कारण चीनबाट आयात गरिएका ठूलो संख्याका सवारी साधन प्रभावित भएको जानकारी गराएका थिए।

दशैंको सिजनलाई लक्षित गर्दै सयौंको संख्यामा आयात गरिएका सवारी साधनमध्ये धेरै गाडी रसुवा नाकामा बाढीले बगाएको उल्लेख गर्दै उनले पीडित पैठारीकर्तालाई सरकारले उपलब्ध गराउनुपर्ने राहत तथा सहुलियत छिटो कार्यान्वयन गर्न आग्रह गरे।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चीन सीमामा ५ सयभन्दा बढी सवारी रोकिए

नाडाका महासचिव मिलनबाबु मल्लले चीनतर्फको सीमा भन्सार सञ्चालनमा आउन नसक्दा सीमा क्षेत्रमा ५ सयभन्दा बढी सवारी साधन रोकिएको जानकारी गराए।

उनले रोकिएका सवारी साधनको भन्सार तथा आवागमन प्रक्रिया सहज बनाउन विभागसँग पहल गर्न आग्रह गरे।

त्यस्तै, हालसम्म ११ सिट क्षमताका विद्युतीय माइक्रोबसहरू समेत भन्सारबाट छुट्न नसकेको उल्लेख गर्दै त्यसका लागि आवश्यक सहजीकरण गरिदिन अनुरोध गरिएको नाडाले जनाएको छ।

राहतको ‘मोडालिटी’मा तीन मन्त्रालयबीच गृहकार्य

छलफलमा भन्सार विभागका महानिर्देशक भुसालले बाढीबाट प्रभावित व्यवसायीलाई सरकारले के–कस्ता सुविधा र सहुलियत दिने तथा त्यसको कार्यान्वयन मोडालिटी कस्तो हुने भन्ने विषयमा गृहकार्य भइरहेको जानकारी दिए।

उनका अनुसार यस विषयमा अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र गृह मन्त्रालयबीच छलफल तथा गृहकार्य भइरहेको छ।

छलफलमा नाडाका उपाध्यक्षद्वय अभिक ज्योति र विक्रम सिंघानिया तथा सचिव मेघराज पौडेललगायतको उपस्थिति रहेको थियो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.