भदौ ९ देखि १८औँ नाडा अटो शो, २०० स्टल, २२ पेसेन्जर कारसहित विभिन्न ब्रान्डको सहभागिता
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नेपाली अटोमोबाइल क्षेत्रकै सबैभन्दा ठूलो तथा प्रतिक्षित मेला ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।नाडाका अनुसार मेलाको १८औँ संस्करण आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी परिसरमा आयोजना हुनेछ। अटोमोबाइल, आयल तथा पार्टपुर्जा...

