सोमबार, श्रावण २५,२०८३ 11:45:41
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 11:45:41
Bizshala
Global IME Bank Limited

भदौ ९ देखि १८औँ नाडा अटो शो, २०० स्टल, २२ पेसेन्जर कारसहित विभिन्न ब्रान्डको सहभागिता

भदौ ९ देखि १८औँ नाडा अटो शो, २०० स्टल, २२ पेसेन्जर कारसहित विभिन्न ब्रान्डको सहभागिता
New Office

काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नेपाली अटोमोबाइल क्षेत्रकै सबैभन्दा ठूलो तथा प्रतिक्षित मेला ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।

नाडाका अनुसार मेलाको १८औँ संस्करण आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी परिसरमा आयोजना हुनेछ। अटोमोबाइल, आयल तथा पार्टपुर्जा व्यवसायसँग सम्बन्धित व्यवसायीका लागि यो प्रदर्शनी व्यवसाय प्रवर्द्धन तथा नयाँ उत्पादन र प्रविधि सार्वजनिक गर्ने महत्वपूर्ण प्लेटफर्म बन्ने आयोजकको अपेक्षा छ।

यस वर्षको अटो शोमा साना तथा ठूला गरी कुल २०० वटा स्टल रहनेछन्। प्रदर्शनीमा २२ वटा ब्रान्डका पेसेन्जर कार, १६ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल तथा १२ वटा ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन सहभागी हुनेछन्।

त्यस्तै, ८ वटा नेपाली उत्पादकसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शनीमा राख्नेछन्। नाडाका अनुसार देशभरका अटोमोबाइल व्यवसायीमा अटो शोप्रति उत्साह बढेकाले स्टलका लागि अझै पनि उच्च माग भइरहेको छ। यद्यपि, भृकुटीमण्डप प्रदर्शनी परिसरमा उपलब्ध स्थान सीमित भएकाले इच्छुक सबै व्यवसायीलाई स्टल उपलब्ध गराउन कठिन भइरहेको आयोजकले जनाएको छ।

स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहने भएकाले यस वर्षको नाडा अटो शोले नेपाली अटोमोबाइल बजारमा नयाँ उत्पादन, प्रविधि तथा सेवाबारे जानकारी दिने अपेक्षा गरिएको छ।

लामो समयदेखि सुस्त रहेको अटोमोबाइल बजारलाई पुनः चलायमान बनाउनसमेत अटो शोले महत्वपूर्ण भूमिका खेल्ने नाडाको विश्वास छ। प्रदर्शनीले व्यवसायी, उपभोक्ता तथा अटोमोबाइल क्षेत्रका विभिन्न सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक सहकार्यको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.