नाडा अटो शो भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने, दुई लाखभन्दा बढी दर्शक आउने अपेक्षा
काठमाण्डौ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा हुने नाडा अटो शो २०२६ आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने भएको छ। नाडाका अनुसार यस वर्षको प्रदर्शनीलाई विशेष महत्वका साथ ‘स्वर्ण उत्सव संस्करण’ का रूपमा आयोजना गरिँदैछ।नाडाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना हुन लागेको यो १८औँ संस्करणको मुख्य प्रायोजक...

