मंगलवार, भाद्र ९,२०८३ 07:42:48
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 07:42:48
Bizshala
Global IME Bank Limited

नाडा अटो शो २०२६ मा Vespa र Aprilia को ‘The Saving Extravaganza’ अफर

नाडा अटो शो २०२६ मा Vespa र Aprilia को ‘The Saving Extravaganza’ अफर
New Office

काठमाण्डौ । नेपालमा Vespa र Aprilia का आधिकारिक वितरक Delta Autocorp Pvt. Ltd. ले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष ‘The Saving Extravaganza’ योजना सार्वजनिक गरेको छ।

नाडा अटो शोको स्टल नम्बर TWE-11 मा उपलब्ध हुने योजनाअन्तर्गत प्रदर्शनी अवधिभर Vespa वा Aprilia खरिद वा बुकिङ गर्ने ग्राहकले रु. २८ हजार ५०० सम्मको विशेष लाभ प्राप्त गर्ने कम्पनीले जनाएको छ। खरिद गर्ने ग्राहकलाई विशेष Vespa तथा Aprilia ल्यापटप ब्यागसमेत उपलब्ध गराइनेछ।

कम्पनीका अनुसार यो योजना नगद, फाइनान्स तथा एक्सचेन्जमार्फत Vespa वा Aprilia खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ।

Bizshala
CG Motors

इटालियन क्याफे थिममा Vespa को स्टल

यस वर्ष Vespa ले नाडा अटो शोमा आफ्नो उपस्थिति थप विशेष बनाउन ‘Italian Café-inspired Theme’ मा स्टल तयार गरेको छ। स्टलको डिजाइनमार्फत Vespa को प्रतिष्ठित इटालियन डिजाइन, जीवनशैली र प्रिमियम अनुभवलाई प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

प्रदर्शनीको मुख्य आकर्षणका रूपमा नयाँ Aprilia SR 175 hp.e, Lylac रंगको Vespa 125 र Oro रंगको Vespa S 125 राखिएको छ।

त्यसैगरी, Aprilia का Storm 125 र SR 160 तथा Vespa का अन्य रंगमा उपलब्ध ZX 125, Vespa 125 र Vespa S 125 समेत प्रदर्शनीमा राखिएका छन्।

‘ग्राहकलाई नयाँ विकल्प र उत्कृष्ट अनुभव’

Delta Autocorp Pvt. Ltd. का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) विजय के. महतोले नाडा अटो शोमा Vespa र Aprilia का नयाँ मोडल नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताए।

उनले नयाँ Aprilia SR 175 hp.e तथा Lylac Vespa 125 र Oro Vespa S 125 ले ग्राहकलाई नयाँ विकल्प र अनुभव प्रदान गर्ने बताए। साथै, Vespa को क्याफे–थिममा आधारित स्टल र ‘The Saving Extravaganza’ योजनाले नाडा अटो शोको अनुभवलाई थप विशेष बनाउने उनको भनाइ छ।

Vespa र Aprilia का नयाँ मोडल तथा विशेष अफरबारे जानकारी लिन इच्छुक ग्राहकले नाडा अटो शो २०२६ को स्टल नम्बर TWE-11 भ्रमण गर्न सक्नेछन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X