काठमाण्डौ । आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बीपी राजमार्गको निर्माणाधीन ‘ट्रयाक’को काम केही दिनका लागि स्थगित गर्ने तयारी गरिएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार सम्भावित भारी वर्षा, पहिरो तथा सडकमा आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै निर्माण कार्य अस्थायी रूपमा रोक्ने तयारी गरिएको हो।
निर्माण कार्य केही दिन स्थगित गर्दा सडकमा निर्माणजन्य अवरोध कम हुने र यातायात सञ्चालनलाई थप सहज तथा सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मन्त्री लम्सालले वर्षा र पहिरोका कारण सडकको अवस्था अचानक परिवर्तन हुन सक्ने भएकाले यात्राका क्रममा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
उनले अत्यावश्यकबाहेक अनावश्यक जोखिम नलिन र सम्बन्धित निकायबाट जारी हुने मौसम तथा सडकसम्बन्धी सूचनालाई ध्यान दिएर मात्र यात्रा गर्न पनि अनुरोध गरेका छन्।
सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा निर्माण र यातायात सञ्चालनबीच समन्वय गरी जोखिम न्यूनीकरण गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।