काठमाडौं । नेपालगञ्जबाट १३ यात्रु लिएर डोल्पाको जुफाल विमानस्थल पुगेको सीता एयरको जहाज अवतरणका क्रममा प्राविधिक समस्यामा परेको छ। जहाजको पछाडिपट्टि दायाँतर्फको एउटा पांग्रा खुस्किएर बाहिर निस्किएको प्रहरीले जनाएको छ। यात्रुहरू भने सबै सकुशल छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीका अनुसार बिहान ८ः२५ बजे जहाज अवतरण गर्ने क्रममा पांग्रा खुस्किएको हो। जहाजमा सात विदेशी र छ नेपाली गरी १३ यात्रु थिए। तीमध्ये ११ पुरुष र दुई महिला रहेको उनले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले पांग्रामा समस्या देखिए पनि सबै यात्रु सकुशल रहेको बताइन्। उनका अनुसार जहाज अहिले धावनमार्गमै छ र प्राविधिकहरूले जाँच गरिरहेका छन्।
पांग्रा खुस्किनुको कारण र जहाजको अन्य भागमा क्षति पुगे–नपुगेको विवरण प्राविधिक जाँचपछि स्पष्ट हुने छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।