जुफालमा अवतरण गर्दा सीता एयरको जहाजको पांग्रा खुस्कियो, १३ यात्रु सकुशल
काठमाडौं । नेपालगञ्जबाट १३ यात्रु लिएर डोल्पाको जुफाल विमानस्थल पुगेको सीता एयरको जहाज अवतरणका क्रममा प्राविधिक समस्यामा परेको छ। जहाजको पछाडिपट्टि दायाँतर्फको एउटा पांग्रा खुस्किएर बाहिर निस्किएको प्रहरीले जनाएको छ। यात्रुहरू भने सबै सकुशल छन्।

