काठमाण्डौ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एकैदिन सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो।
यस्तै, आज सुनको मूल्य प्रति १० ग्राम २ लाख ५६ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रति १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ४३० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको ४ हजार ६५० रुपैयाँको तुलनामा ३० रुपैयाँले कम हो।
त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम ३ हजार ९६१ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रति १० ग्राम चाँदी ३ हजार ९८७ रुपैयाँ थियो।
यसरी शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।