सस्तियो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । नेपाली बजारमा सुनचाँदीको मूल्य उल्लेख्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दरअनुसार आज आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। असोज ३० गते सुन प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ थियो। नौ दिनको अन्तरमा सुनको मूल्य करिब ४ प्रतिशतले घटेको देखिन्छ।असोज ३० गते र आज कात्तिक ८ गतेको दर तुलना गर्दा सुन प्रतितोला...

