शुक्रबार, आश्विन ९,२०८३ 01:08:59
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 01:08:59
Bizshala
Global IME Bank Limited

भारी वर्षाको जोखिमबीच स्वास्थ्य मन्त्रालय ‘हाई अलर्ट’मा, अस्पताल र स्वास्थ्यकर्मी तयारी अवस्थामा

Bizshala
भारी वर्षाको जोखिमबीच स्वास्थ्य मन्त्रालय ‘हाई अलर्ट’मा, अस्पताल र स्वास्थ्यकर्मी तयारी अवस्थामा
New Office

 

काठमाण्डौ । देशका विभिन्न भागमा भइरहेको भारीदेखि अति भारी वर्षाबाट बाढी, पहिरो र डुबानको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका स्वास्थ्य संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले श्रव्यदृश्य सन्देशमार्फत सम्भावित विपद्लाई मध्यनजर गर्दै अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिएकी छन्।

उनका अनुसार आकस्मिक स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन तथा विपद्को अवस्था सिर्जना भए तत्काल स्वास्थ्यकर्मी परिचालन गर्न सकिने गरी आवश्यक व्यवस्था मिलाइएको छ।

मन्त्रालयले प्रदेश तथा स्थानीय तहका स्वास्थ्य निकायसँग निरन्तर समन्वय गरिरहेको छ। त्यस्तै, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबीसै घण्टा सक्रिय राखेर सूचना सङ्कलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन भइरहेको मन्त्री मेहताले बताइन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सम्भावित जोखिमयुक्त क्षेत्रमा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री पर्याप्त मौज्दात राख्न निर्देशन दिइएको छ। सर्पदंशविरुद्धको औषधि, जीवनजललगायत अत्यावश्यक सामग्रीको उपलब्धता सुनिश्चित गर्न तथा द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्नसमेत व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्री मेहताले विशेषगरी प्रसूतिको समय नजिक रहेका गर्भवती महिला, दीर्घरोगी तथा नियमित औषधि सेवन गरिरहेका नागरिकलाई थप सावधानी अपनाउन आग्रह गरेकी छन्।

उनले नियमित औषधि सेवन गर्ने व्यक्तिलाई आवश्यक औषधि पर्याप्त मात्रामा साथमा राख्न सुझाव दिँदै जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्नसमेत आग्रह गरेकी छन्।

“स्वास्थ्य मन्त्रालय नागरिकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै संयन्त्रसहित तयारी अवस्थामा छ,” मन्त्री मेहताले भनेकी छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.