शुक्रबार, आश्विन ९,२०८३ 01:08:50
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 01:08:50
Bizshala
Global IME Bank Limited

बन्चरेडाँडा जाने सडकमा पहिरो, फोहोर बोकेका गाडी बाटोमै रोकिए

Bizshala
बन्चरेडाँडा जाने सडकमा पहिरो, फोहोर बोकेका गाडी बाटोमै रोकिए
New Office

काठमाण्डौ । अविरल वर्षाका कारण पहिरो खसेर बन्चरेडाँडा ल्यान्डफिल साइट जाने सडक अवरुद्ध भएपछि काठमाण्डौ उपत्यकाको फोहोर ढुवानी प्रभावित भएको छ।

सडक अवरुद्ध हुँदा उपत्यकाबाट फोहोर लिएर बन्चरेडाँडातर्फ गएका गाडी गन्तव्यमा पुग्न नसकी बीच बाटोमै रोकिएका छन्। यसले काठमाण्डौको नियमित फोहोर व्यवस्थापनमा समस्या सिर्जना भएको छ।

निरन्तरको वर्षासँगै सडकखण्डमा पहिरो खसेपछि फोहोर बोकेका सवारीसाधनको आवतजावत ठप्प भएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नुवाकोट र धादिङ जिल्लाको सीमामा रहेको बन्चरेडाँडा काठमाण्डौ उपत्यकाबाट सङ्कलित फोहोर विसर्जन गर्ने मुख्य ल्यान्डफिल साइट हो। काठमाण्डौ महानगरपालिकासहित उपत्यकाका विभिन्न स्थानीय तहबाट दैनिक सङ्कलन हुने फोहोर यही क्षेत्रमा लगेर व्यवस्थापन गरिँदै आएको छ।

सडक अवरोध लम्बिएमा उपत्यकामा फोहोर सङ्कलन तथा व्यवस्थापन थप प्रभावित हुन सक्ने देखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.