आईतवार, आश्विन ११,२०८३ 12:02:53
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 12:02:53
Bizshala
Global IME Bank Limited

मनाङको तालगाउँ डुबानमा, वडाध्यक्षको गुहार– ‘प्रशासनलाई खबर पुर्‍याइदिनू’

मनाङको तालगाउँ डुबानमा, वडाध्यक्षको गुहार– ‘प्रशासनलाई खबर पुर्‍याइदिनू’
New Office

 

काठमाण्डौ । मनाङको नासों गाउँपालिकास्थित तालगाउँ मर्स्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा परेको छ। नदीको बहाव निरन्तर बढिरहेकाले बस्ती थप जोखिममा परेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

नासों गाउँपालिकाका वडाध्यक्ष मिनराशी गुरुङका अनुसार तालगाउँका धेरै घरमा बाढी पसेको छ। स्थानीयलाई विद्यालय र स्वास्थ्य चौकीका भवनमा सारेर सुरक्षित राखिएको भए पनि गाउँ बाहिरी सम्पर्कबाट लगभग विच्छेद भएको छ।

उनले फोन र इन्टरनेट सेवा बन्द रहेको तथा विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको बताए। सीमित ब्याकअपका भरमा केही समय सम्पर्क गर्न सकिएको भए पनि त्यो पनि सकिने अवस्थामा रहेको उनको भनाइ छ।

“मर्स्याङ्दी झन् ठूलो भइरहेको छ। हामी गाउँमै अल्झिएका छौँ। प्रशासनलाई खबर पुर्‍याइदिनू,” गुरुङले आग्रह गरेका छन्।

बाटो बग्यो, उद्धार टोली पुग्न सकेन

लगातारको वर्षा र बाढीले तालगाउँ पुग्ने सडक तथा बाटोमा क्षति पुर्‍याएको छ। त्यसका कारण प्रशासन र प्रहरी टोलीसमेत तत्काल गाउँसम्म पुग्न सक्ने अवस्था नरहेको जनाइएको छ।

तल्लो क्षेत्रबाट तालगाउँ जाने बाटो अवरुद्ध छ भने चामेतर्फबाट समेत आउजाउ गर्न कठिन भएको स्थानीयले बताएका छन्।

स्थानीय अगुवा राजन गुरुङका अनुसार गाउँका अधिकांश मानिस गाउँमै छन् र बाहिरी क्षेत्रसँग नियमित सम्पर्क हुन सकेको छैन।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मर्स्याङ्दीको बहाव बढ्दा थप जोखिम

स्थानीय जनप्रतिनिधिका अनुसार मर्स्याङ्दी नदीको बहाव अझै बढ्दो क्रममा रहेकाले अवस्था थप गम्भीर बन्न सक्ने जोखिम छ।

नदीले बस्तीलाई दुवैतर्फबाट चेप्दै ल्याएको र पानीको सतह बढिरहेकाले स्थानीयमा त्रास बढेको छ।

बस्तीका मानिसलाई हाल विद्यालय तथा स्वास्थ्य चौकीका तुलनात्मक रूपमा सुरक्षित भवनमा राखिएको छ। हालसम्म मानवीय क्षतिको विवरण नआएको भए पनि सम्पर्क कमजोर भएकाले विस्तृत अवस्था यकिन हुन सकेको छैन।

२०७८ को बाढीमा पनि डुबेको थियो तालगाउँ

तालगाउँ यसअघि २०७८ सालमा आएको बाढीबाट पनि गम्भीर रूपमा प्रभावित भएको थियो। त्यतिबेला गाउँका धेरै घर डुबानमा परेका थिए।

बाढीपछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माण केही समयअघि मात्रै सम्पन्न भएको स्थानीयले बताएका छन्। अहिले फेरि मर्स्याङ्दीको बाढीले बस्ती घेर्न थालेपछि स्थानीयमा पुरानै त्रास दोहोरिएको छ।

स्थानीय सरकारसमेत प्रतिकूल मौसम र अवरुद्ध सडकका कारण समस्यामा परेको भन्दै वडाध्यक्ष गुरुङले संघ तथा प्रदेश सरकारसम्म तालगाउँको अवस्था तत्काल पुर्‍याइदिन आग्रह गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.