मनाङको तालगाउँ डुबानमा, वडाध्यक्षको गुहार– ‘प्रशासनलाई खबर पुर्याइदिनू’
काठमाण्डौ । मनाङको नासों गाउँपालिकास्थित तालगाउँ मर्स्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा परेको छ। नदीको बहाव निरन्तर बढिरहेकाले बस्ती थप जोखिममा परेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।नासों गाउँपालिकाका वडाध्यक्ष मिनराशी गुरुङका अनुसार तालगाउँका धेरै घरमा बाढी पसेको छ। स्थानीयलाई विद्यालय र स्वास्थ्य चौकीका भवनमा सारेर सुरक्षित राखिएको भए पनि गाउँ बाहिरी...

