आईतवार, आश्विन ११,२०८३ 12:02:52
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 12:02:52
Bizshala
Global IME Bank Limited

परराष्ट्रमन्त्री खनालको यूएई र आर्मेनियाका समकक्षीसँग भेटवार्ता

परराष्ट्रमन्त्री खनालको यूएई र आर्मेनियाका समकक्षीसँग भेटवार्ता
New Office

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) र आर्मेनियाका परराष्ट्रमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका छन्।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि यूएईको स्थायी नियोगमा भएको भेटमा मन्त्री खनालले यूएईका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग नेपाल–यूएई सम्बन्ध तथा आपसी हितका विषयमा छलफल गरेका हुन्।

भेटमा खनालले नेपालमा जलवायुजन्य विपद्का कारण बाढी प्रभावित समुदायप्रति यूएई सरकार र जनताले व्यक्त गरेको सहानुभूति तथा ऐक्यबद्धताप्रति धन्यवाद व्यक्त गरे। उनले बाढी प्रभावितका लागि यूएईले उपलब्ध गराएको मानवीय सहयोगप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट आभारसमेत व्यक्त गरेका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बाढी प्रभावित समुदायका लागि थप २५ मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने यूएईको प्रतिबद्धताप्रति पनि खनालले धन्यवाद व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटवार्तामा नेपाल–यूएई द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। दुवै पक्षले श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा, कनेक्टिभिटी तथा संयुक्त राष्ट्रसंघमार्फत हुने बहुपक्षीय सहकार्यका क्षेत्रमा सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

यसैगरी, परराष्ट्रमन्त्री खनालले आर्मेनियाका परराष्ट्रमन्त्री अरारात मिर्जोयानसँग पनि न्युयोर्कमा द्विपक्षीय भेटवार्ता गरेका छन्।

भेटमा नेपाल र आर्मेनियाबीचका आपसी हित तथा साझा चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुवै मन्त्रीले नेपाल र आर्मेनियाबीच रहेको मैत्रीपूर्ण तथा सहकार्यात्मक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए। पारस्परिक लाभका क्षेत्रमा सहकार्य विस्तार गर्दै द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउनेमा दुवै पक्षले जोड दिएका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.