बुधबार, आश्विन १४,२०८३ 12:47:14
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 12:47:14
Bizshala
Global IME Bank Limited

एआईआईबीको वार्षिक बैठक सकेर अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता

Bizshala
एआईआईबीको वार्षिक बैठक सकेर अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
New Office

 

काठमाण्डौ । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन्।

कतारको राजधानी दोहामा आयोजित बैठकमा सहभागी भएका वाग्ले बुधबार बिहान कतार एयरवेजमार्फत काठमाण्डौ आइपुगेका हुन्।

भ्रमणका क्रममा नेपालको पूर्वाधार विकासमा एआईआईबीको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रहरूबीच आर्थिक सहकार्य बढाउने विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।

बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले असोज १० गते दोहा प्रस्थान गरेका थिए।

एआईआईबीको गभर्नर परिषद्को बैठकले नेपालका तर्फबाट गभर्नरसमेत रहेका अर्थमन्त्री वाग्लेलाई सन् २०२६–२७ का लागि उपसभापतिमा निर्वाचित गरेको जनाइएको छ। नेपालले एआईआईबीको उक्त जिम्मेवारी पाएको यो पहिलोपटक हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘गभर्नर्स बिजनेस राउन्डटेबल’मा बोल्दै वाग्लेले कम विकसित मुलुकको आर्थिक वृद्धिका लागि पूर्वाधारमार्फत पुँजी निर्माण महत्त्वपूर्ण हुने धारणा राखेका थिए। सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिलगायत उत्पादनका आधारभूत क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा उनले जोड दिएका थिए।

उनले नेपालजस्ता मुलुकको आवश्यकता अनुकूल हुने गरी एआईआईबीको वित्तीय सहयोगलाई बढी सहुलियतपूर्ण बनाउनुपर्ने तथा स्वदेशी र विदेशी निजी पुँजी आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्ने विषय पनि उठाएका थिए।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्षसहित कतार, भारत, बंगलादेश, आर्मेनिया र जर्जियाका उच्च सरकारी अधिकारीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार तथा नेपालमा प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका विषयमा छलफल गरेका थिए।

एआईआईबीले आफ्नो ११औँ वार्षिक बैठक दोहामा आयोजना गरेको थियो, जहाँ सदस्य राष्ट्रहरूबीच दिगो पूर्वाधार, लगानी विस्तार र बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको थियो।

नेपालले एआईआईबीको नेतृत्व तहमा जिम्मेवारी पाएसँगै पूर्वाधार क्षेत्रमा बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा दीर्घकालीन आर्थिक सहकार्यका लागि थप अवसर खुल्ने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.