काठमाडौं। सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका दुई संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक समूहको सेयर बिक्री गर्न आवेदन दिएका छन्। संस्थाले प्रकाशित गरेको सूचनाअनुसार संस्थापक सेयरधनी दिपक खड्का र हरि प्रसाद अर्यालले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीका लागि सञ्चालक समितिमार्फत आवेदन दिएका हुन्।
सूचनामा उल्लेख भएअनुसार दिपक खड्काले १९,३०९,१०९ कित्ता र हरि प्रसाद अर्यालले ७,०३० कित्ता संस्थापक सेयर बिक्री गर्न चाहेका छन्। संस्थाले सूचनाको तालिकामा बिक्री गर्न चाहेको सेयरको कुल संख्या २६,३३९,१०९ कित्ता उल्लेख गरेको छ।
उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक सम्पदा लघुवित्तका विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिइएको छ। इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक विवरणसहित संस्थाको केन्द्रीय कार्यालयमा लिखित आवेदन दिनुपर्नेछ।
तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै लिखित जानकारी वा आवेदन प्राप्त नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा अन्य प्रचलित कानुनबमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाइने संस्थाले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।