काठमाडौं। पोखरा फाइनान्स लिमिटेडले संस्थापक समूहको सेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा संस्थाका लागि सात दिने सूचना जारी गरेको छ।
फाइनान्सका संस्थापक सेयरधनी मनबहादुर गुरुङले आफ्नो स्वामित्वमा रहेको १ लाख ६६ हजार ९६ दशमलव १४ कित्ता संस्थापक सेयर तथा नारायणबाबु लोहोनीले आफ्नो स्वामित्वमा रहेको ५७ हजार ५ सय ११ दशमलव १७ कित्ता सेयर बिक्रीका लागि फाइनान्सको सञ्चालक समितिसमक्ष निवेदन पेस गरेका थिए।
विद्यमान प्रचलित ऐन, कानुन तथा नेपाल राष्ट्र बैंकको नीति–निर्देशनबमोजिम संस्थापक सेयर खरिद–बिक्री गर्दा साविकका संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था रहेकाले फाइनान्सले संस्थापक समूहका सम्पूर्ण सेयरधनीको जानकारीका लागि ३५ दिने सूचना प्रकाशित गरेको थियो।
तर, उक्त समयसीमाभित्र फाइनान्सका संस्थापक सेयरधनीहरूले संस्थापक सेयर खरिदका लागि आवेदन पेस नगरेपछि बाँकी संस्थापक सेयर सर्वसाधारण व्यक्ति तथा संस्थाले खरिद गर्न सक्ने गरी ७ दिने सूचना प्रकाशित गरिएको फाइनान्सले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।