बिहीबार, आश्विन १५,२०८३ 11:57:53
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 11:57:53
Bizshala
Global IME Bank Limited

मल अभावदेखि ‘अडियो काण्ड’सम्म उठ्यो प्रश्न, कृषिमन्त्रीसँग सांसदले मागे जवाफ

Bizshala
मल अभावदेखि ‘अडियो काण्ड’सम्म उठ्यो प्रश्न, कृषिमन्त्रीसँग सांसदले मागे जवाफ
New Office

 

काठमाण्डौ । देशका विभिन्न क्षेत्रमा किसानले रासायनिक मल नपाइरहेका बेला सरकारी तथ्यांकमा भने मल पर्याप्त रहेको देखाइएको भन्दै सांसदहरूले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमाथि प्रश्न उठाएका छन्। मलको अभाव र वितरणमा देखिएको बेथितिदेखि मन्त्रालयसँग जोडिएको विवादास्पद ‘अडियो काण्ड’सम्मका विषयमा सांसदहरूले कृषिमन्त्री र सचिवसँग स्पष्ट जवाफ मागेका हुन्।

मन्त्रालयको पछिल्लो ६ महिनाको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै सांसदहरूले कागजमा मल पर्याप्त देखिए पनि किसानसम्म किन पुग्न सकेन भन्ने विषयको जवाफ खोजेका छन्। टेन्डर प्रक्रिया, आपूर्ति र वितरण प्रणालीमा देखिएका कमजोरी तथा सम्भावित चुहावटसमेत समितिमा उठाइएको छ।

सांसद खगेन्द्र कर्णले मन्त्रालयमा मन्त्रीको सक्रियता देखिए पनि त्यसअनुसार नतिजा आउन नसकेको बताए। मल खरिदका लागि हुने टेन्डरमा ढिलाइ र वितरण प्रणालीमा देखिने चुहावटका कारण किसानले समयमै मल नपाएको उनको भनाइ थियो।

उनले आगामी आर्थिक वर्षदेखि मल आयात तथा वितरण प्रणाली थप पारदर्शी र प्रभावकारी बनाउन मन्त्रालयको ध्यानाकर्षण गराए।

सांसद ज्ञानेन्द्र सिंह महताले सुदूरपश्चिमसहित विभिन्न जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि उपजको बजारीकरण, कृषिमा युवा आकर्षण र जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावबारे मन्त्रालयसँग लिखित जवाफ माग गरे।

उनले नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)ले विकास गरेका प्रविधि तथा अनुसन्धान किसानको खेतसम्म पुग्न नसकेको भन्दै कृषि क्षेत्रसँग सम्बन्धित १३ बुँदे प्रश्नसमेत अघि सारे।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अडियो काण्ड’ पनि समितिमा

बैठकमा मन्त्रालयसँग जोडिएको भनिएको र पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको विवादास्पद अडियोको विषयले समेत प्रवेश पाएको छ।

सांसद पुनम अग्रवाल र लक्ष्मीप्रसाद पोखरेलले उक्त अडियो प्रकरणबारे कृषिमन्त्रीले संसदीय समितिमा स्पष्ट पार्नुपर्ने माग गरे।

उनीहरूले नार्कको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियासमेत प्रश्नको घेरामा रहेको बताए। नियुक्तिसँग जोडिएर विवादमा आएका व्यक्तिलाई नै पुनः जिम्मेवारी दिनुपर्ने अवस्था किन आयो भन्ने उनीहरूको प्रश्न थियो।

रासायनिक मलमाथिको निर्भरता घटाउन दबाब

सांसद सुरेशकुमार चौधरीले स्पष्ट भूउपयोग नीति र पर्याप्त सिँचाइ संरचनाको अभावमा नेपालको कृषि क्षेत्र निरन्तर खुम्चिँदै गएको बताए।

सरकारले अर्गानिक मललाई प्राथमिकता दिने नीति अघि सारे पनि कार्यान्वयन कमजोर रहेको उल्लेख गर्दै उनले रासायनिक मलमाथिको निर्भरता क्रमशः घटाउने ठोस योजना आवश्यक रहेको बताए।

बैठकमा सांसद सागर ढकालले संसदीय समिति स–साना प्रशासनिक विषयमा मात्रै केन्द्रित हुनुभन्दा कृषि क्षेत्रका दीर्घकालीन र संरचनात्मक समस्याको समाधान खोज्नेतर्फ लाग्नुपर्ने धारणा राखे।

उनले कृषि उत्पादन वृद्धि, किसानको आय, बजार सुनिश्चितता, अनुसन्धान र प्रविधिको प्रयोगलगायत दीर्घकालीन विषयलाई समितिको प्राथमिकतामा राख्नुपर्ने बताए।

समग्रमा बैठकमा उठेका प्रश्नले मलको आपूर्ति र वितरणदेखि कृषि अनुसन्धान, बजारीकरण, नियुक्ति प्रक्रिया र मन्त्रालयसँग जोडिएको विवादास्पद अडियोसम्म कृषि मन्त्रालयमाथि एकैपटक थुप्रै प्रश्न खडा गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.