बिहीबार, आश्विन १५,२०८३ 12:57:10
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 12:57:10
Bizshala
Global IME Bank Limited

हिमालय एयरलाइन्सको काठमाडौं–हाङझाउ सिधा उडान सुरु, पहिलो फर्किने उडानमा १५४ चिनियाँ पर्यटक

Bizshala
हिमालय एयरलाइन्सको काठमाडौं–हाङझाउ सिधा उडान सुरु, पहिलो फर्किने उडानमा १५४ चिनियाँ पर्यटक
New Office

 

काठमाण्डौ । हिमालय एयरलाइन्सले काठमाण्डौ–हाङझाउ–काठमाण्डौ रुटमा सिधा नियमित उडान सुरु गरेको छ। एयरलाइन्सले सेप्टेम्बर ३०, २०२६ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको हाङझाउ सियाओसान अन्तर्राष्ट्रिय विमानस्थलबीच नियमित उडान सञ्चालनमा ल्याएको हो।

कम्पनीका अनुसार उद्घाटन उडान एच९–२२५ बुधबार साँझ ५:३७ बजे काठमाण्डौबाट हाङझाउका लागि उडेको थियो। उक्त विमान चीनको स्थानीय समयअनुसार अक्टोबर १ को बिहान १:०८ बजे हाङझाउ पुगेको थियो।

त्यसैगरी हाङझाउ–काठमाण्डौतर्फको एच९–२२६ उडान अक्टोबर १ मा चीनको स्थानीय समयअनुसार बिहान ३:१८ बजे उडेर नेपाल समयअनुसार बिहान ६:२८ बजे काठमाण्डौ अवतरण गरेको थियो। उक्त उडानमार्फत १५४ जना चिनियाँ पर्यटक नेपाल आएका एयरलाइन्सले जनाएको छ।

हिमालय एयरलाइन्सले काठमाण्डौ–हाङझाउ–काठमाण्डौ सेक्टरमा सिधा नियमित व्यावसायिक उडान गर्ने आफू पहिलो र एकमात्र एयरलाइन्स भएको दाबी गरेको छ।

सातामा दुई उडान

कम्पनीले प्रारम्भिक चरणमा यस रुटमा सातामा दुईवटा उडान सञ्चालन गर्ने जनाएको छ।

काठमाण्डौबाट हाङझाउका लागि प्रत्येक आइतबार र बुधबार उडान हुनेछ भने हाङझाउबाट काठमाण्डौका लागि सोमबार र बिहीबार उडान सञ्चालन हुनेछ।

सेप्टेम्बर ३० देखि अक्टोबर २१ सम्मको तालिकाअनुसार काठमाण्डौबाट उडान साँझ ५:१५ बजे छुटेर भोलिपल्ट बिहान १:०५ बजे हाङझाउ पुग्नेछ। फर्किने उडान हाङझाउबाट बिहान २:०५ बजे छुटेर बिहान ६:२० बजे काठमाण्डौ आइपुग्नेछ।

यात्रुको माग र लोड फ्याक्टरका आधारमा भविष्यमा उडान संख्या थप गर्ने सम्भावना रहेको एयरलाइन्सले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य

हिमालय एयरलाइन्सले चीनका प्रमुख पर्यटन तथा आर्थिक केन्द्रसँग नेपालको सिधा हवाई सम्पर्क विस्तार गर्ने रणनीतिअन्तर्गत हाङझाउ रुट सुरु गरेको जनाएको छ।

कम्पनीले दीर्घकालमा चीनका १० प्रमुख पर्यटन तथा आर्थिक केन्द्रसँग सिधा हवाई सेवा विस्तार गर्दै १० लाख चिनियाँ पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको जनाएको छ।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हाङझाउ सेवा नेपाल र चीनका दुई ऐतिहासिक तथा सांस्कृतिक केन्द्रलाई जोड्ने महत्वपूर्ण रुट भएको बताए।

उनका अनुसार यो रुटले पर्यटन, व्यापार, व्यावसायिक भ्रमण, अध्ययन तथा सांस्कृतिक आदानप्रदानमा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

शरद् पर्यटन सिजनमै नयाँ रुट

नेपालको मुख्य शरद् पर्यटन सिजन सुरु भएकै बेला हाङझाउसँग सिधा उडान सुरु भएकाले यसले चिनियाँ पर्यटक आगमन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हाङझाउ चीनको झेजियाङ प्रान्तको राजधानी तथा प्रमुख सांस्कृतिक र आर्थिक केन्द्रमध्ये एक हो। वेस्ट लेक, ग्रान्ड क्यानल र लियाङझु सिटीका पुरातात्त्विक अवशेषसहित यहाँ तीनवटा युनेस्को विश्व सम्पदा क्षेत्र छन्।

कम्पनीका अनुसार नयाँ रुटले मनोरञ्जनका लागि यात्रा गर्ने पर्यटकसँगै व्यवसायी, व्यापारिक प्रतिनिधिमण्डल, विद्यार्थी तथा सांस्कृतिक आदानप्रदानमा सहभागी यात्रुलाई पनि सेवा दिनेछ।

हिमालय एयरलाइन्स नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो। कम्पनीसँग हाल तीनवटा एयरबस ए३२०–२१४ र एउटा एयरबस ए३१९–११५ गरी चारवटा विमान छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.