बिहीबार, आश्विन १५,२०८३ 01:16:37
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 01:16:37
Bizshala
Global IME Bank Limited

बाइक नभए पनि ‘राइडर’ बन्न सकिने, इनोहभले फ्लीट ५०० पुर्‍याउँदै !

Bizshala
बाइक नभए पनि ‘राइडर’ बन्न सकिने, इनोहभले फ्लीट ५०० पुर्‍याउँदै !
New Office

काठमाण्डौ । आफ्नै मोटरसाइकल नभए पनि अब राइड–हेलिङ सेवामा आबद्ध भएर आम्दानी गर्न सकिने अवसर विस्तार हुँदै गएको छ।

याङ्गोको स्थानीय फ्लीट पार्टनर इनोहभ सर्भिसेस प्रालिले आफ्नै सवारीसाधन खरिद गर्न नसक्ने तर राइडिङमार्फत आयआर्जन गर्न चाहने व्यक्तिलाई लक्षित गर्दै बाइक फ्लीट विस्तार गर्ने भएको हो।

कम्पनीले हाल सञ्चालनमा रहेका २५० भन्दा बढी बाइकको संख्या तिहारपछि दोब्बर बनाएर ५०० पुर्‍याउने तयारी गरेको जनाएको छ। कम्पनीका अनुसार हाल ५०० भन्दा बढी राइडर इनोहभसँग आबद्ध छन्।

फ्लीट विस्तारसँगै आफ्नै बाइक नभएका थप व्यक्तिलाई समेत राइड–हेलिङ बजारमा प्रवेश गराउने कम्पनीको योजना छ।

बाइक किन्न पैसा नचाहिने

इनोहभको मोडलको मुख्य विशेषता भनेकै राइडरले सुरुमा बाइक खरिद गर्न ठूलो लगानी गर्न नपर्ने व्यवस्था हो।

मोटरसाइकल चलाउने लाइसेन्स र आवश्यक अनुभव भएका व्यक्तिले याङ्गो प्लेटफर्ममा अकाउन्ट खोलेपछि इनोहभमार्फत अनबोर्डिङ प्रक्रिया पूरा गर्न सक्छन्।

लाइसेन्स, नागरिकतालगायत आवश्यक कागजात बुझाएर कम्पनीसँग सम्झौता गरेपछि इनोहभले नै बाइक उपलब्ध गराउने कम्पनीले जनाएको छ।  राइडरले सम्झौताअनुसार तलब मोडल वा रेन्टल मोडलमध्ये उपयुक्त विकल्पमा काम गर्न सक्नेछन्।

यसले विशेषगरी रोजगारी खोजिरहेका तर बाइक खरिद गर्न तत्काल पूँजी नभएका व्यक्तिका लागि राइड–हेलिङलाई वैकल्पिक आम्दानीको स्रोत बनाउन सक्ने देखिन्छ।

कम्पनीले केही निश्चित सर्त पूरा गर्ने राइडरलाई खाने तथा बस्ने सुविधा पनि उपलब्ध गराउने जनाएको छ। यद्यपि उक्त सुविधाका विस्तृत आर्थिक तथा अन्य सर्त सार्वजनिक गरिएको छैन।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

दशैंमा ‘कमाइ सबै राइडरकै’

इनोहभले आफ्नो पहिलो वार्षिकोत्सव र बडादशैंको अवसरमा ‘याङ्गो इनोहभ राइडर’का लागि ० प्रतिशत पार्टनर शुल्क घोषणा गरेको छ।

कम्पनीका अनुसार यो अफर लागू भएको अवधिमा राइडरले कमाएको रकमबाट इनोहभले पार्टनर शुल्क लिने छैन।

यसको अर्थ सो अवधिमा राइडरले आफ्नो कमाइको ठूलो हिस्सा आफैं राख्न सक्नेछन्।

दशैंजस्तो चाडपर्वमा यात्रुको माग बढ्ने समयमा शून्य प्रतिशत पार्टनर शुल्कले सक्रिय राइडरको कमाइ बढाउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

कम्पनीले उत्कृष्ट तथा नियमित राइडरलाई रेनकोट, पावर बैंक र मोबाइल होल्डरलगायत सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ।

पुरानो बाइक दिएर नयाँ लिन पाइने

यसैबीच असोजको अन्तिम साता राइडरलाई लक्षित गर्दै एक साताव्यापी ‘बाइक एक्सचेन्ज प्रोग्राम’ आयोजना गर्ने तयारी भएको छ।

कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ सवारीसाधन खरिद गर्न सकिनेछ।

आयोजकका अनुसार पुरानो सवारीको मूल्याङ्कन, नयाँ बाइक तथा स्कुटरमा छुट र किस्ताबन्दी सुविधा उपलब्ध गराइनेछ।

कार्यक्रमको निश्चित मिति र स्थान भने पछि सार्वजनिक गरिने जनाएको छ।

०% ब्याजसम्मको फाइनान्सिङ

याङ्गो राइडरलाई लक्षित गरी तीन प्रकारका फाइनान्सिङ प्याकेजसमेत ल्याइएको छ।

पहिलो प्याकेजअन्तर्गत ४० प्रतिशत डाउनपेमेन्ट गरेर ६० महिनासम्मको अवधिका लागि ८.९९ प्रतिशत ब्याजदरमा ऋण सुविधा उपलब्ध हुनेछ।

दोस्रो प्याकेजमा ५० प्रतिशत डाउनपेमेन्ट, ६० महिनाको अवधि र ६.९९ प्रतिशत ब्याजदर रहनेछ।

त्यस्तै तेस्रो प्याकेजमा ५० प्रतिशत डाउनपेमेन्ट गरेर २४ महिनासम्म ० प्रतिशत ब्याजदरमा सवारी खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

यसले अहिले राइडरको रूपमा काम गरिरहेका व्यक्तिलाई आफ्नै सवारीतर्फ जान थप विकल्प दिने अपेक्षा गरिएको छ।

‘फ्लीट पार्टनर’ मोडलमा याङ्गो

नेपालमा सञ्चालन भइरहेका केही राइड–हेलिङ प्लेटफर्मभन्दा याङ्गोको सञ्चालन संरचना केही फरक छ।

याङ्गोले सबै सवारी वा राइडर व्यवस्थापन आफ्नै संरचनाबाट मात्रै नगरी स्थानीय फ्लीट पार्टनरसँग सहकार्य गरेर सेवा विस्तार गर्दै आएको छ।

इनोहभ याङ्गोको यस्तै स्थानीय साझेदारमध्ये एक हो।

कम्पनीले काठमाडौं उपत्यकामा आवश्यक बाइक उपलब्ध गराउने, राइडर व्यवस्थापन गर्ने र नयाँ चालकलाई प्लेटफर्ममा जोड्ने काम गरिरहेको जनाएको छ।

कम्पनीका अनुसार याङ्गोको ग्लोबल टिमलाई नेपालमा ल्याएर राइडर तथा साझेदारसँग कार्यक्रमसमेत आयोजना गरिएको थियो।

२५० बाट ५०० बाइक

काठमाडौं उपत्यकामा राइड–हेलिङको माग बढ्दै गएपछि इनोहभले फ्लीट दोब्बर बनाउने योजना बनाएको हो।

हाल २५० भन्दा बढी बाइक सञ्चालनमा रहेकामा तिहारपछि यो संख्या ५०० पुर्‍याउने तयारी छ।

यदि योजना अनुसार फ्लीट विस्तार भयो भने कम्पनीसँगै आबद्ध भएर काम गर्ने राइडरको संख्या पनि उल्लेख्य रूपमा बढ्न सक्नेछ।

कम्पनीले बाइक वा कारमार्फत आम्दानी गर्न चाहनेका लागि दर्ता प्रक्रिया निःशुल्क रहेको जनाएको छ।

इच्छुक व्यक्तिले महाराजगञ्जस्थित कम्पनी कार्यालयमा सम्पर्क गरेर प्रक्रिया बुझ्न सक्ने कम्पनीको भनाइ छ।

राइड–हेलिङ व्यवसाय विस्तारसँगै नेपालमा यो क्षेत्र यात्रु ओसारपसारको माध्यममा मात्रै सीमित नरही सानो पूँजी वा आफ्नै सवारी नभएका व्यक्तिका लागि समेत रोजगारी र स्वरोजगारको नयाँ माध्यमका रूपमा विस्तार हुँदै गएको  देखिन्छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.