काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी–२ छहरामा झरेको पहिरो हटाइएपछि सवारीसाधन सञ्चालनमा आएका छन्।
घण्टौँसम्म सडक अवरुद्ध हुँदा हजारौँ सवारीसाधन रोकिएकाले राजमार्गमा अहिले पनि अत्यधिक चाप रहेको छ। बाटो खुले पनि लामो समयदेखि रोकिएका सवारी एकैपटक चल्न थालेपछि विभिन्न स्थानमा जामको अवस्था देखिएको हो।
धादिङ ट्राफिक प्रहरीसँग सीमित जनशक्ति रहेकाले सवारी व्यवस्थापनमा कठिनाइ भइरहेको जनाइएको छ।
लामो समयदेखि रोकिएका सवारी क्रमशः गन्तव्यतर्फ पठाइँदै रहेकाले राजमार्गको चाप सामान्य हुन केही समय लाग्न सक्ने बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।