घण्टौँपछि पृथ्वी राजमार्ग खुल्यो
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी–२ छहरामा झरेको पहिरो हटाइएपछि सवारीसाधन सञ्चालनमा आएका छन्।घण्टौँसम्म सडक अवरुद्ध हुँदा हजारौँ सवारीसाधन रोकिएकाले राजमार्गमा अहिले पनि अत्यधिक चाप रहेको छ। बाटो खुले पनि लामो समयदेखि रोकिएका सवारी एकैपटक चल्न थालेपछि विभिन्न स्थानमा जामको अवस्था देखिएको हो।धादिङ ट्राफिक प्रहरीसँग सीमित जनशक्ति रहेकाले सवारी...

