सोमबार, आश्विन २६,२०८३ 02:26:03
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 02:26:03
Bizshala
Global IME Bank Limited

पृथ्वी राजमार्गको गजुरी खण्ड आज राति ६ घण्टा पूर्ण बन्द हुने

Bizshala
पृथ्वी राजमार्गको गजुरी खण्ड आज राति ६ घण्टा पूर्ण बन्द हुने
New Office

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौंदी क्षेत्रमा सोमबार राति ६ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै सडक मर्मतसम्भारका लागि असोज २६ गते सोमबार राति ११ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म उक्त खण्ड हुँदै चल्ने सबै प्रकारका सवारी साधनको आवागमन रोक लगाइने जनाएको हो।

त्रिशूली नदीको कटानका कारण गलौंदी क्षेत्रमा सडक भासिएपछि यसअघि मर्मत गरी सडकलाई दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो। तर, उक्त सडकखण्डमा थप मर्मतसम्भार आवश्यक भएकाले रातिको समयमा यातायात पूर्ण रूपमा बन्द गर्न लागिएको प्रशासनले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

जिल्ला प्रशासन कार्यालयले सो अवधिमा उक्त मार्ग प्रयोग गर्ने सम्पूर्ण सवारी साधनलाई रोक लगाइने भएकाले यात्रु तथा सवारी चालकलाई समय मिलाएर यात्रा गर्न अनुरोध गरेको छ।

कार्यालयले सडक बन्दका कारण सर्वसाधारणलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक सहयोग र समन्वयका लागि सम्बन्धित सुरक्षा निकाय तथा आपतकालीन सेवा केन्द्रका सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

प्रशासनका अनुसार मर्मतसम्भारको काम सम्पन्न भएपछि मंगलबार बिहान ५ बजेदेखि सवारी आवागमन पुनः सञ्चालनमा आउनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.