काठमाण्डौ । मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप चार जनाको शव फेला परेको छ। यससँगै घटनामा ज्यान गुमाउने नेपालीको संख्या ११ पुगेको छ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार बिहीबार पासाङकाजी शेर्पाको नेतृत्वमा खटिएको अनुभवी माउन्टेन गाइड टोलीले खोजी तथा उद्धारका क्रममा चार शव फेला पारेको हो।
प्रतिकूल मौसमका कारण असोज ९ गतेदेखि हिमलुङ क्षेत्रमा जोखिमपूर्ण अवस्था बनेको थियो। त्यसक्रममा आधार शिविर क्षेत्रमा गएको हिमपहिरोमा १६ जना बेपत्ता भएका थिए।
हालसम्म ११ जनाको शव फेला परिसकेको छ भने अझै पाँच जना बेपत्ता छन्।
बेपत्ताको खोजीका लागि माउन्टेन गाइडसहितको उद्धार टोलीले कठिन मौसम र भौगोलिक अवस्थाबीच खोजी अभियान जारी राखेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।