बिहीबार, आश्विन १५,२०८३ 04:08:03
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 04:08:03
Bizshala
Global IME Bank Limited

करदाता प्रोत्साहन उपहार कार्यक्रमका लागि खरिद बिल अनिवार्य, आईआरडीले दियो बीजक प्रविष्टिको समयसीमा

Bizshala
करदाता प्रोत्साहन उपहार कार्यक्रमका लागि खरिद बिल अनिवार्य, आईआरडीले दियो बीजक प्रविष्टिको समयसीमा
New Office

काठमाण्डौ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन चाहने उपभोक्तालाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा खरिद बिल लिन आग्रह गरेको छ।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८३/८४ अन्तर्गत सञ्चालन हुने करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताले खरिद गरेको वस्तु तथा सेवाको बिलसम्बन्धी विवरण तोकिएको प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ।

विभागका अनुसार असोज १ गतेदेखि १५ गतेसम्म खरिद गरिएका वस्तु तथा सेवाको बिल असोज १६ गते हुने उपहार कुपन खोल्ने तथा विजेता घोषणा कार्यक्रममा समावेश गरिनेछ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसका लागि उपभोक्ताले असोज १५ गते बिहीबारभित्र prize.ird.gov.np मा गई खरिद बिलसम्बन्धी विवरण प्रविष्ट गर्नुपर्ने विभागले जनाएको छ।

उपहार कार्यक्रममा सहभागी भई पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य भएकाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन विभागले उपभोक्तासँग आग्रह गरेको छ।

त्यस्तै, वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्नुपर्ने भएकाले सबै व्यवसायीलाई पनि बिल जारी गर्न आन्तरिक राजस्व विभागले सूचित गरेको छ।

विभागले बिल लिने र दिने संस्कारलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसबाट कारोबारलाई औपचारिक प्रणालीमा ल्याउन, कर चुहावट न्यूनीकरण गर्न र उपभोक्तालाई बिल माग्ने बानी बसाल्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.