बिहीबार, आश्विन १५,२०८३ 06:04:26
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 06:04:26
Bizshala
Global IME Bank Limited

सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल, तीन महिनाभित्र कार्ययोजना बनाउने

Bizshala
सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल, तीन महिनाभित्र कार्ययोजना बनाउने
New Office

काठमाण्डौ । सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने आयुर्वेदिक औषधिको उत्पादन बढाउने तथा आवश्यक जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन र उपयोगका लागि कार्ययोजना बनाउन कार्यदल गठन गरिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलपछि वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीको संयोजकत्वमा विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय भएको हो।

कार्यदललाई तीन महिनाभित्र वैद्यखानाको विकाससम्बन्धी कार्यान्वयनयोग्य खाका तयार गर्न भनिएको छ। डा. अग्रवालले मुलुकमा उपलब्ध जडीबुटीको अधिकतम उपयोग गरी वैद्यखानाबाट उत्पादन हुने औषधिको संख्या बढाउन र आगामी दिनमा विदेश निर्यातसम्मको तयारी गर्नुपर्ने बताएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

छलफलमा जडीबुटी संकलन, उत्पादन, प्रशोधन र उपयोगमा देखिएका कानुनी तथा समन्वयसम्बन्धी समस्या समाधान गर्नुपर्नेमा जोड दिइएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले औषधिजन्य वनस्पतिको खेतीदेखि संकलन र उपयोगसम्म स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताए। गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले कच्चा पदार्थको संकलन र उपयोगमा आवश्यक सहजीकरण गरिने बताए।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले किसानसँग सहकार्य गर्दै जडीबुटी उत्पादनलाई व्यावसायिक ‘कन्ट्र्याक्ट फार्मिङ’तर्फ लैजानुपर्नेमा जोड दिए।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका प्रतिनिधिले आयुर्वेदिक औषधि उत्पादनमा कच्चा पदार्थकै अभाव मुख्य चुनौती रहेको उल्लेख गरेका छन्। ठूलो परिमाणमा जडीबुटी उत्पादन र संकलन सहज बनाउन मूल्य समर्थनको व्यवस्था उपयोगी हुनसक्ने सुझावसमेत दिइएको छ।

छलफलमा सामुदायिक वनबाट जडीबुटी संकलन तथा उपयोगमा रहेका कानुनी अवरोध हटाउनुपर्ने, सार्वजनिक खरिदसम्बन्धी व्यवस्थासमेत परिमार्जन गर्नुपर्ने र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

कार्यदलले यी विषय समेटेर तीन महिनाभित्र कार्ययोजना तयार गर्नेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.