शुक्रबार, आश्विन १६,२०८३ 10:40:43
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 10:40:43
Bizshala
Global IME Bank Limited

सुलभ अग्रवालसहित ३ जनालाई ७ दिने अल्टिमेटम, कामाख्या फिनकोर्पको सेयर मूल्यवृद्धिमाथि प्रश्न

Bizshala
सुलभ अग्रवालसहित ३ जनालाई ७ दिने अल्टिमेटम, कामाख्या फिनकोर्पको सेयर मूल्यवृद्धिमाथि प्रश्न
New Office

काठमाडौं। कम्पनी रजिष्ट्रारको कार्यालयले कामाख्या फिनकोर्प प्रालिका तत्कालीन सञ्चालक सुलभ अग्रवाल र सुभी अग्रवालसहित तीन जनालाई ७ दिने म्याद सूचना जारी गरेको छ।

उच्च अदालत पाटनबाट मुद्दा नं। ०८१–डीपी–२२१० मा आवश्यक प्रमाण बुझी सम्बन्धित पक्षलाई सुनुवाइको अवसर दिएर कानुनबमोजिम निर्णय गर्न मिसिल फिर्ता आएपछि कार्यालयले पुनः सूचना जारी गरेको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कार्यालयले कामाख्या फिनकोर्पको २०७८ वैशाख ३१ गते प्रतिसेयर १०० रुपैयाँ रहेको मूल्य असार १७ गतेसम्म ८०० रुपैयाँ पुग्नुको आधार र कारणबारे प्रमाण मागेको छ। साथै, हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर जफत तथा हस्तान्तरण प्रक्रिया कम्पनीको प्रबन्धपत्र, नियमावली र कम्पनी ऐन, २०६३ अनुसार भए/नभएको विषयमा पनि प्रमाण बुझ्ने प्रक्रिया अघि बढाइएको छ।

यसअघि हुलाकमार्फत रजिष्ट्री गरी पठाइएको म्यादको जवाफ नआएपछि सार्वजनिक सूचना जारी गरिएको कार्यालयले जनाएको छ। सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र लिखित प्रतिक्रिया तथा प्रमाणसहित उपस्थित हुन कार्यालयले आग्रह गरेको छ।

तोकिएको अवधिमा उपस्थित नभए कानुनबमोजिम निर्णय गरिने र त्यसपछि उक्त विषयमा उजुर–बाजुर गर्न नपाइने सूचनामा उल्लेख छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.