शुक्रबार, आश्विन १६,२०८३ 11:03:49
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 11:03:49
Bizshala
Global IME Bank Limited

संवेदनशील सूचना व्यवस्थापनमा लापरबाही गरेको आरोपमा ओपनएआईद्वारा तीन कर्मचारी बर्खास्त

Bizshala
संवेदनशील सूचना व्यवस्थापनमा लापरबाही गरेको आरोपमा ओपनएआईद्वारा तीन कर्मचारी बर्खास्त
New Office

काठमाडौं। ओपनएआईले संवेदनशील सूचना व्यवस्थापनमा लापरबाही गरेको आरोपमा तीन जना अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। तीमध्ये केहीको काम कृत्रिम बुद्धिमत्ता (एआई)मोडलहरूको विश्लेषण गर्ने बाह्य संस्थासँग सम्बन्धित रहेको बताइएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीका प्रवक्ताले बीबीसीलाई दिएको जानकारीअनुसार, अनुसन्धानका क्रममा ती कर्मचारीले कम्पनीको स्थापित प्रक्रियाबाहिर संवेदनशील सूचना व्यवस्थापन गरेको र यस क्रममा कम्पनीका नीतिहरू उल्लंघन गरेको पुष्टि भएको थियो।

“यी व्यक्तिहरूले संवेदनशील सूचना पहुँच र व्यवस्थापनसम्बन्धी हाम्रा नीतिहरू उल्लंघन गरेका कारण हामीले उनीहरूसँगको सम्बन्ध अन्त्य गरेका हौँ,” ओपनएआईका प्रवक्ताले भने।

कम्पनीले बर्खास्त गरिएका कर्मचारीको नाम सार्वजनिक गरेको छैन। तर, कम्तीमा दुई जना ओपनएआईमा एआई सुरक्षा अनुसन्धानमा संलग्न रहेको बताइएको छ।

बीबीसीका अनुसार उनीहरूलाई एआई सुरक्षासम्बन्धी चिन्ता उठाएको कारण बर्खास्त गरिएको नभइ संवेदनशील सूचना कथित रूपमा गलत ढंगले व्यवस्थापन गरेको आरोपमा कारबाही गरिएको हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.