शुक्रबार, आश्विन १६,२०८३ 02:05:23
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 02:05:23
Bizshala
Global IME Bank Limited

धौलीगंगा बाँधका ढोका ४८ घण्टा खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता

Bizshala
धौलीगंगा बाँधका ढोका ४८ घण्टा खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता
New Office

 

 काठमाण्डौ । भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएपछि महाकाली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार बाँधमा जम्मा भएको सिल्ट सफा गर्न असोज १७ गते शनिबार राति १ बजेदेखि असोज १९ गते सोमबार राति १ बजेसम्म बाँधका ढोका खोलिनेछ।

बाँधका ढोका खोलिएपछि महाकाली नदीमा पानीको बहाव र जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन प्रशासनले आग्रह गरेको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रशासनले उक्त अवधिमा महाकाली नदीमा आवतजावत नगर्न, नदी किनारमा नजान तथा सम्भावित जोखिमबाट सुरक्षित रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।

बाँधका ढोका बन्द गरिसकेपछि पनि केही समय नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले त्यस अवधिमा समेत तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

प्रशासनले नदीको बहाव र जलस्तरमा हुने परिवर्तनलाई ध्यान दिँदै स्थानीय बासिन्दालाई आवश्यक पूर्वसतर्कता अपनाउन तथा जोखिमयुक्त गतिविधिबाट टाढा रहन अनुरोध गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.