शुक्रबार, आश्विन १६,२०८३ 06:18:46
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 06:18:46
Bizshala
Global IME Bank Limited

विपद्का बेला निजी क्षेत्रको योगदानलाई सरकारी सम्मान, चेम्बरले गर्‍यो स्वागत

Bizshala
विपद्का बेला निजी क्षेत्रको योगदानलाई सरकारी सम्मान, चेम्बरले गर्‍यो स्वागत
New Office

काठमाण्डौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकमा विपद् व्यवस्थापनमा नेपाल चेम्बर अफ कमर्ससहित निजी क्षेत्रले पुर्‍याएको सहयोगको प्रशंसा गरिएकोप्रति चेम्बरले साधुवाद व्यक्त गरेको छ।

बैठकको अध्यक्षता गरेका गृहमन्त्री सुधन गुरुङले विपद्का बेला महत्वपूर्ण योगदान पुर्‍याउने निजी क्षेत्रलाई नेपाल सरकारका तर्फबाट सम्मान गरिने जानकारी दिएपछि निजी क्षेत्र उत्साहित भएको चेम्बरले जनाएको छ।

निजी क्षेत्रको योगदानलाई राज्यको उच्च तहबाट सम्मान र कदर गर्ने प्रतिबद्धता व्यक्त हुनु सकारात्मक भएको उल्लेख गर्दै चेम्बरले सरकारको उक्त कदमको उच्च मूल्यांकन गरेको छ।

भोटेकोशीमा आएको बाढी तथा त्यसपछिका मनसुनजन्य विपद्का क्रममा खोज, उद्धार, राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको पहल र समन्वयलाई पनि चेम्बरले सकारात्मक रूपमा लिएको जनाएको छ।

विपद्का बेला सरकारी संयन्त्रसँगै निजी क्षेत्रबाट उपलब्ध स्रोतसाधन, राहत सामग्री, स्वास्थ्य सेवा, यातायात तथा अन्य सहयोग प्रभावित क्षेत्रमा पुर्‍याउन सरकारी निकायसँगको समन्वय महत्वपूर्ण रहने चेम्बरको भनाइ छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गृह मन्त्रालयले विपद् व्यवस्थापनलाई बहुक्षेत्रीय जिम्मेवारीका रूपमा अघि बढाउँदै संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय र अन्य सरोकारवालाबीच समन्वयमा जोड दिनु सकारात्मक रहेको चेम्बरले जनाएको छ।

मनसुनजन्य विपद्को पूर्वतयारी, सूचना तथा चेतावनी प्रणाली, खोज तथा उद्धार, राहत र पुनर्स्थापनाका लागि विभिन्न संयन्त्र परिचालन हुनु पनि सकारात्मक रहेको चेम्बरको धारणा छ।

नेपाल चेम्बर अफ कमर्सले विपद्का बेला निजी क्षेत्रले सरकारलाई स्वतःस्फूर्त रूपमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि सरकारसँगको सहकार्य तथा समन्वयलाई थप व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

चेम्बरले तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्निर्माण, प्रभावित व्यवसायको पुनःस्थापना, आपूर्ति शृङ्खला सुचारु गर्ने, अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्ने तथा प्रभावित क्षेत्रको आर्थिक गतिविधि पुनः सञ्चालन गर्ने विषयलाई समेत प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकले प्रभावित क्षेत्रमा जारी खोज कार्यको समीक्षा गर्दै पुनःस्थापना र पुनरुत्थानका कामलाई समेत अघि बढाउने निर्णय गरेकोमा चेम्बरले त्यसलाई स्वागतयोग्य कदम भनेको छ।

चेम्बरले विपद् व्यवस्थापनका लागि गृह मन्त्रालयले निजी क्षेत्रसँग नियमित संवाद र समन्वय गर्ने स्पष्ट संयन्त्र विकास गर्नुपर्ने सुझाव पनि दिएको छ। यस्तो संयन्त्रमार्फत निजी क्षेत्रसँग उपलब्ध स्रोत र क्षमताको पूर्वपहिचान गरी विपद्का बेला आवश्यकताअनुसार तत्काल परिचालन गर्न सकिने चेम्बरको विश्वास छ।

विपद् व्यवस्थापन राज्यको मात्र जिम्मेवारी नभई सरकार, निजी क्षेत्र, नागरिक समाज र समुदायको साझा दायित्व भएको उल्लेख गर्दै चेम्बरले प्रभावकारी समन्वय, पूर्वतयारी र शीघ्र निर्णय प्रक्रियाबाट मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्न सकिने जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.