काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले दराजसँगको सहकार्यमा दसैं लक्षित ‘१०–१० दसैं धमाका’ अफर सार्वजनिक गरेको छ।
अफरअन्तर्गत सिद्धार्थ बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराज एपमार्फत सामान खरिद गर्दा ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन्।
यो अफर असोज १५ गतेदेखि असोज २६ गतेसम्म अर्थात् अक्टोबर १ देखि १२ सम्म सञ्चालन हुनेछ।
अफरअन्तर्गत सिद्धार्थ बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले अधिकतम १० प्रतिशत अर्थात् १ हजार रुपैयाँसम्म छुट पाउनेछन्। त्यस्तै, भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले अधिकतम १५ प्रतिशत अर्थात् १ हजार ५ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।
कसरी पाइन्छ छुट?
अफरको लाभ लिन ग्राहकले दराज एपमा रहेको ‘Mega Dashain Discounts 10.10’ अभियानअन्तर्गत ‘Bank Voucher’ सेक्सनमा गएर सिद्धार्थ बैंकको भाउचर संकलन गर्नुपर्नेछ।
संकलित भाउचर ग्राहकको दराज प्रोफाइलको ‘My Vouchers’ मा सुरक्षित हुनेछ।
त्यसपछि १ हजार ९ सय ९९ रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्दा उक्त भाउचर छनोट गरी भुक्तानीको माध्यममा Visa Debit/Credit Card रोज्नुपर्नेछ। त्यसपछि सिद्धार्थ बैंकको सम्बन्धित कार्डमार्फत भुक्तानी गर्दा ग्राहकले छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार दसैंको समयमा अनलाइन किनमेललाई थप सहज, सुरक्षित र लाभदायी बनाउने उद्देश्यले दराजसँग सहकार्य गरिएको हो। यसले ग्राहकलाई डिजिटल भुक्तानीका सुरक्षित तथा सहज माध्यम प्रयोग गर्न प्रोत्साहित गर्ने बैंकको विश्वास छ।
साथै, दसैंको किनमेलका क्रममा ग्राहकलाई थप सुविधा र लाभ उपलब्ध गराउँदै डिजिटल बैंकिङको प्रयोग बढाउन अफरले योगदान पुर्याउने अपेक्षा बैंकले गरेको छ।
अफरसम्बन्धी थप जानकारीका लागि ग्राहकले बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र वा ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।