आईतवार, आश्विन १८,२०८३ 09:31:02
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 09:31:03
Bizshala
Global IME Bank Limited

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले ३५ दिनभित्र आवेदन दिन सक्ने

Bizshala
कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले ३५ दिनभित्र आवेदन दिन सक्ने
New Office

काठमाडौं। कुमारी बैंक लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा कायम रहेको १ लाख कित्ता संस्थापक सेयरबिक्री गर्न इच्छुक भई बैंकसमक्ष निवेदन दिएपछि नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम उक्त सेयरबिक्री गर्न लागिएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि बैंकले उक्त संस्थापक सेयरखरिद गर्न विद्यमान संस्थापक सेयरधनीहरूलाई पहिलो हक प्रदान गर्दै सूचना प्रकाशित गरेको थियो। तर, तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेपछि अब संस्थापक सेयरधनीबाहेकका सर्वसाधारणबाट सेयरखरिदका लागि आवेदन माग गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन सेयररजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड, काठमाडौं–१, नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय, काठमाडौं–१, टंगालमा आफैं उपस्थित भई बुझाउनुपर्नेछ।

उक्त संस्थापक सेयरको बिक्री मूल्य बोलकबोलबाट कायम हुने बैंकले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.