कुमारी बैंकको ७८ हजार ६७७ कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं। कुमारी बैंक लिमिटेडले ७८ हजार ६७७ कित्ता संस्थापक शेयर बिक्रीका लागि सर्वसाधारणबाट आवेदन माग गरेको छ।बैंकका विभिन्न संस्थापक शेयरधनीहरूले आफ्नो नाममा कायम रहेको उक्त संस्थापक शेयर बिक्री गर्न इच्छुक भई बैंकसमक्ष निवेदन दिएका थिए। नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो हक विद्यमान संस्थापक शेयरधनीमा रहने व्यवस्था छ।

