सोमबार, आश्विन १९,२०८३ 12:41:23
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 12:41:23
Bizshala
Global IME Bank Limited

चाडपर्व लक्षित सुपथ मूल्य पसल ६१ स्थानमा सञ्चालन

Bizshala
चाडपर्व लक्षित सुपथ मूल्य पसल ६१ स्थानमा सञ्चालन
New Office

काठमाडौं। सरकारले चाडपर्व लक्षित गर्दै ४२ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको वर्तमान सरकारको पहिलो ६ महिनाको उपलब्धि विवरणमा यस्तो उल्लेख गरिएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उपलब्धि विवरणअनुसार लगानी बोर्डमा एकद्वार स्वीकृति प्रणाली सञ्चालनमा ल्याइएको छ भने खानी उत्खनन तथा खोजतलासका लागि १०६ नयाँ अनुमतिपत्र जारी भएका छन्। त्यस्तै, १२० स्थानीय तह र कम्पनी रजिष्ट्रार कार्यालयबाट स्थायी लेखा नम्बर (प्यान)सहितको करदाता सेवा सुरु गरिएको छ।

विश्व बजारमा मूल्यवृद्धिका कारण पेट्रोलियम पदार्थको पैठारीमा लाग्ने भन्सार महसुल र पूर्वाधार शुल्कमा ५० प्रतिशत छुट दिइएको सरकारले जनाएको छ।

आर्थिक सुधारतर्फ नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गर्नुका साथै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा १५ पुराना ऐन खारेज गर्ने प्रक्रिया अघि बढाइएको छ। रुग्ण सार्वजनिक संस्थान उदयपुर सिमेन्ट, गोरखकाली रबर र हेटौंडा सिमेन्टको ड्यु डिलिजेन्स अडिट पनि सम्पन्न भएको छ।

पूँजी बजार सुधारका लागि २१ बुँदे कार्ययोजना २०८३ कार्यान्वयनमा आएको छ। यस्तै, एटिएफ ग्रे–लिष्ट सुधारअन्तर्गत तीन कार्य पूर्ण र चारमा आंशिक प्रगति भएको तथा ग्रे–लिष्टबाट शीघ्र बाहिरिने रणनीति कार्यान्वयनमा रहेको विवरणमा उल्लेख छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.