चाडपर्व लक्षित सुपथ मूल्य पसल ६१ स्थानमा सञ्चालन
काठमाडौं। सरकारले चाडपर्व लक्षित गर्दै ४२ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको वर्तमान सरकारको पहिलो ६ महिनाको उपलब्धि विवरणमा यस्तो उल्लेख गरिएको हो।

