काठमाण्डौ । जगदम्बा मोटर्सले नेपालमा नयाँ TVS Raider 125 Single Seat सार्वजनिक गरेको छ। TVS Motor Company को नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आइतबार काठमाडौंको भृकुटीमण्डपमा नयाँ भेरियन्ट सार्वजनिक गरेको हो।
नयाँ Raider 125 Single Seat को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार नयाँ भेरियन्टले Raider को स्पोर्टी डिजाइन र प्रदर्शनसँगै दैनिक प्रयोगका लागि थप सहज र व्यावहारिक सिंगल–सिट कन्फिगरेसन प्रदान गर्छ।
नयाँ सिट डिजाइनले चालक र पछाडि बस्ने यात्रु दुवैका लागि तुलनात्मक रूपमा फराकिलो र निरन्तर बस्ने स्थान उपलब्ध गराउने कम्पनीको दाबी छ। यसले दैनिक आवतजावत, लामो दूरीको यात्रा तथा दुई जना सवार हुने अवस्थामा थप आराम प्रदान गर्ने अपेक्षा गरिएको छ।
नयाँ भेरियन्टमा Raider सिरिजको आक्रामक तथा स्पोर्टी डिजाइनलाई निरन्तरता दिइएको छ। यसमा १२४.८ सीसी इन्जिन, ५–स्पिड गियरबक्स, रिभर्स एलसीडी डिजिटल डिस्प्ले, एलईडी लाइट, मोनोशक सस्पेन्सन र USB चार्जिङ जस्ता सुविधा रहेका छन्।
लन्च कार्यक्रममा जगदम्बा मोटर्सकी अध्यक्ष दीपा अग्रवालले Raider ले युवा पुस्तामाझ डिजाइन, प्रदर्शन र प्रविधिका कारण बलियो पहिचान बनाएको बताइन्। उनका अनुसार नयाँ सिंगल–सिट भेरियन्टले स्पोर्टी चरित्र कायम राख्दै ग्राहकलाई थप आराम र दैनिक प्रयोगको सुविधा दिनेछ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले नयाँ पुस्ताका ग्राहकले आकर्षक डिजाइनसँगै राम्रो प्रदर्शन र दैनिक प्रयोगमा सहजता खोज्ने भएकाले नयाँ भेरियन्ट ल्याइएको बताए।
भृकुटीमण्डपमा आयोजित सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर तथा इन्फ्लुएन्सरहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले नयाँ मोटरसाइकलको डिजाइन तथा सुविधाबारे जानकारी लिएका थिए।
TVS Raider 125 Single Seat अब नेपालभरका अधिकृत TVS बिक्री केन्द्रबाट उपलब्ध हुने कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।