सोमबार, आश्विन १९,२०८३ 03:14:19
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 03:14:19
Bizshala
Global IME Bank Limited

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो, वैकल्पिक मार्गको प्रयोग तीव्र

Bizshala
होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो, वैकल्पिक मार्गको प्रयोग तीव्र
New Office

 

काठमाण्डौ । होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने कच्चा तेलको निर्यातमा उल्लेख्य वृद्धि भएको छ।

समुद्री यातायात अनुगमन गर्ने संस्था केप्लरका अनुसार पछिल्ला केही दिनमा मध्यपूर्वबाट दैनिक १ करोड ८० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात भएको छ। सेप्टेम्बरमा इरानबाहेक मध्यपूर्वबाट औसत दैनिक १ करोड ६५ लाख ब्यारेल कच्चा तेल निर्यात भएको थियो। मार्चमा यो परिमाण करिब ६० लाख ब्यारेल प्रतिदिनमा सीमित थियो।

होर्मुजको विकल्प खोज्दै तेल निर्यातकर्ता

तेल निर्यात बढे पनि मध्यपूर्वी मुलुकहरूले होर्मुज जलडमरूमाथिको निर्भरता घटाउँदै वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन्। केप्लरका अनुसार अहिले करिब ४० प्रतिशत तेल होर्मुज जलडमरूमध्य प्रयोग नगरी अन्य मार्गबाट निर्यात भइरहेको छ।

साउदी अरब र संयुक्त अरब इमिरेट्सले पाइपलाइनको प्रयोग बढाएका छन् भने लाल सागरमार्फत हुने तेल ढुवानीसमेत विस्तार भएको छ।

साउदी अरबले आफ्नो पूर्वी क्षेत्रका तेल क्षेत्रलाई लाल सागरस्थित यान्बु बन्दरगाहसँग जोड्ने पूर्व–पश्चिम तेल पाइपलाइन पुनः सञ्चालनमा ल्याएपछि वैकल्पिक मार्गबाट तेल पठाउन थप सहज भएको छ। आक्रमणका कारण केही समय बन्द भएको उक्त पाइपलाइन सेप्टेम्बर २२ देखि पुनः सञ्चालनमा आएको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

साउदी, यूएई र इराकको निर्यात बढ्यो

केप्लरको अनुमानअनुसार सेप्टेम्बरमा साउदी अरबले दैनिक कम्तीमा ५१ लाख ब्यारेल, यूएईले करिब ३२ लाख ब्यारेल र इराकले करिब २६ लाख ब्यारेल कच्चा तेल निर्यात गरेका थिए।

यसैबीच, होर्मुज हुँदै जाने तेललाई समुद्रमै एउटा पानीजहाजबाट अर्को पानीजहाजमा सारेर वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्‍याउने अभ्यास पनि बढेको छ। अगस्टमा होर्मुज हुँदै ढुवानी गरिएको कच्चा तेलमध्ये ७० प्रतिशतभन्दा बढी समुद्रमै अर्को पानीजहाजमा सारिएको केप्लरको तथ्यांक छ।

सुरक्षा जोखिम भने कायमै

तेल निर्यातमा सुधार आए पनि होर्मुज क्षेत्रमा सुरक्षा जोखिम पूर्ण रूपमा हटेको छैन। पानीजहाजमाथि आक्रमणको सम्भावना अझै कायम रहेकाले तेल ढुवानीमा वैकल्पिक मार्ग र जहाज परिवर्तनको अभ्यास बढाइएको हो।

मध्यपूर्वबाट आपूर्ति बढेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा केही दबाब परेको छ। सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ०.७९ प्रतिशतले घटेर प्रतिब्यारेल १०१.४४ डलर पुगेको थियो भने अमेरिकी कच्चा तेल १.२० प्रतिशत घटेर ९०.०२ डलरमा झरेको थियो।

तर विज्ञहरूका अनुसार तेल निर्यात बढ्दैमा मध्यपूर्वको अवस्था सामान्य भएको मान्न सकिँदैन। सुरक्षा जोखिम, वैकल्पिक मार्गको सीमितता र बढ्दो ढुवानी लागत अझै विश्व तेल बजारका प्रमुख चुनौती बनेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.