होर्मुज जलडमरूमध्यलाई लिएर अमेरिका–इरानबीच विरोधाभासी दाबी, शान्ति वार्ताअघि बढ्यो अन्योल
काठमाण्डौ । अमेरिका र इरानबीच शान्ति वार्ताको नयाँ चरण सुरु हुन लागेकै बेला होर्मुज जलडमरूमध्यको अवस्थाबारे आएका परस्पर विरोधी दाबीले मध्यपूर्वको परिस्थितिलाई पुनः जटिल बनाएको छ। इरानले रणनीतिक महत्वको यस समुद्री मार्गलाई फेरि जहाज आवागमनका लागि बन्द गरिएको दाबी गरेको छ भने अमेरिकी सेनाले भने जलडमरूमध्यबाट व्यापारिक जहाजहरूको आवतजावत सामान्य रूपमा जारी रहेको...

