विश्व तेल आपूर्तिमाथि संकटको बादल, इरानले हर्मुज जलमार्ग बन्द गरेको घोषणा
काठमाण्डौ । अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किएसँगै इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आइआरजीसी) ले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण हर्मुज जलमार्ग अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको घोषणा गरेको छ।आइआरजीसीको नौसैनिक बलले निर्धारित मार्ग उल्लंघन गर्दै निगरानी प्रणाली बन्द गरेको एउटा व्यावसायिक जहाजमाथि चेतावनीस्वरूप प्रहार गरिएको जनाएको छ।...

