सोमबार, आश्विन १९,२०८३ 04:30:03
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 04:30:03
Bizshala
Global IME Bank Limited

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

Bizshala
दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन
New Office

 

काठमाण्डौ । चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसमा नयाँ हवाई सैन्य सुविधा सञ्चालनमा ल्याएको छ। लाओसको राजधानी भियन्टियानबाट करिब ५० किलोमिटर उत्तरमा रहेको बान केउनमा चीन–लाओस संयुक्त समर्थन तथा प्रशिक्षण केन्द्र र मैत्री उड्डयन एकेडेमी सञ्चालनमा आएको हो।

चीनको राष्ट्रिय रक्षा मन्त्रालयका अनुसार उक्त केन्द्र सेप्टेम्बर २९ मा औपचारिक रूपमा सञ्चालनमा आएको हो। उद्घाटन कार्यक्रममा लाओसका रक्षामन्त्री खामलिएङ ओथाकेसन सहभागी थिए। चीनले केन्द्रको मुख्य उद्देश्य लाओसका वायुसेना पाइलटको प्रशिक्षण क्षमता बढाउनु तथा दुई देशका सेनाबीच व्यावहारिक सहकार्य विस्तार गर्नु रहेको जनाएको छ।

बान केउनमा करिब दुई हजार मिटर लामो पक्की धावनमार्ग, ट्याक्सीवे, पार्किङ एप्रन, हवाई यातायात नियन्त्रण टावर तथा पाँचवटा ह्याङ्गर निर्माण गरिएको छ। चीनले भने यो सुविधा कुनै तेस्रो मुलुकलाई लक्षित नभएको र क्षेत्रीय शान्ति तथा स्थायित्वमा योगदान पुर्‍याउने दाबी गरेको छ।

यद्यपि, चिनियाँ सैन्य विश्लेषकहरूले नयाँ केन्द्रलाई लाओसको वायुसेना प्रशिक्षणसँगै क्षेत्रीय हवाई अभ्यास र इन्डोचाइना क्षेत्रमा चीनको सैन्य प्रभाव विस्तारका लागि प्रयोग गर्न सकिने सम्भावना औंल्याएका छन्।

चीन–लाओस रेलमार्गसँगको निकटता र राजधानी भियन्टियाननजिकको अवस्थिति भएकाले उक्त केन्द्रमा जनशक्ति तथा उपकरणको आवतजावत सहज हुने विश्लेषण गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

लाओसको वायुसेनाले यसअघि नै रुसी र चिनियाँ निर्मित विमान तथा हेलिकप्टर प्रयोग गर्दै आएको छ। तर नयाँ केन्द्रमा चीनले कस्ता विमान वा कति सैन्य जनशक्ति तैनाथ गर्ने भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरेको छैन। अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युटले पनि त्यहाँ चिनियाँ सैनिक वा सैन्य उपकरण स्थायी रूपमा तैनाथ हुनेबारे पर्याप्त प्रमाण नरहेको जनाएको छ।

तर लाओसमा चीनको निरन्तर सैन्य उपस्थिति कायम हुनु र दुई देशका सेनाबीचको सम्बन्ध थप गहिरिनु यस केन्द्रको महत्वपूर्ण पक्ष हुन सक्ने विश्लेषण गरिएको छ।

यसअघि चीनले कम्बोडियाको रेममा पनि संयुक्त समर्थन तथा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको थियो। सन् २०२५ मा सञ्चालनमा आएको उक्त सुविधामा चीनले पूर्वाधार निर्माणमा सहयोग गर्नुका साथै आफ्ना युद्धपोतसमेत पठाउँदै आएको छ। कम्बोडियाले भने उक्त सुविधा अन्य मित्रराष्ट्रका नौसेनाका लागि पनि खुला रहेको बताउँदै आएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार बान केउन केन्द्रले पाइलट, स्थल कर्मचारी तथा अन्य उड्डयन जनशक्तिको प्रशिक्षण प्रणाली विकास गर्न सहयोग गर्नेछ। यसबाट लाओसको चीन, रूस र भियतनाममा हुने विदेशी सैन्य प्रशिक्षणमाथिको निर्भरता घटाउने उद्देश्यसमेत रहेको बताइएको छ।

अमेरिकी रक्षा मन्त्रालयले चीनले विदेशमा सैन्य सुविधा विस्तार गर्दै आफ्नो सैन्य शक्ति लामो दूरीसम्म परिचालन गर्ने क्षमता बढाइरहेको बताउँदै आएको छ। यद्यपि, चीनका सम्भावित विदेशी सैन्य आधारसम्बन्धी यसअघिका अमेरिकी सूचीमा लाओस समावेश थिएन।

बान केउनस्थित नयाँ हवाई केन्द्रले दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच, प्रशिक्षण क्षमता र रक्षा सम्बन्ध विस्तारमा कस्तो भूमिका खेल्छ भन्ने कुरा भने आगामी दिनमा चीन–लाओसबीचका सम्झौता र यसको वास्तविक प्रयोगबाट स्पष्ट हुने देखिन्छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.