मंगलवार, आश्विन २०,२०८३ 08:20:40
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 08:20:40
Bizshala
Global IME Bank Limited

डिजेलको मूल्य घटाउने लक्ष्यसहित ट्रम्पद्वारा कार्यकारी आदेश जारी

Bizshala
डिजेलको मूल्य घटाउने लक्ष्यसहित ट्रम्पद्वारा कार्यकारी आदेश जारी
New Office

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजेलको मूल्य झन्डै कीर्तिमानी स्तरमा पुगेपछि सस्तो ‘रेड–डाइड डिजेल’ अर्थात् रातो रङ लगाइएको करमुक्त डिजेलको प्रयोगसम्बन्धी प्रतिबन्ध खुकुलो पार्ने उद्देश्यले सोमबार राति कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

नेब्रास्कामा आयोजित चुनावी कार्यक्रममा बोल्दै ट्रम्पले उक्त आदेशले “जो कोहीलाई कुनै पनि प्रयोजनका लागि करमुक्त रेड–डाइड डिजेल खरिद गर्न अनुमति दिने” बताए।

आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले भने, “यो आदेशले किरानासहित सबै वस्तुको लागत घटाउन पनि मद्दत गर्नेछ।” तर, उनले हस्ताक्षर गरेको दस्ताबेज भने तत्काल सार्वजनिक गरिएको थिएन।

रेड–डाइड डिजेल सामान्य डिजेलकै समान हो। फरक यति हो कि यसमा कर लगाइएको हुँदैन र ट्र्याक्टर तथा औद्योगिक उपकरणजस्ता सडकबाहेकका प्रयोजनमा प्रयोग हुने इन्धन छुट्याउन यसलाई रातो रङ लगाइएको हुन्छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कर छुट पाएको डिजेलको प्रयोग व्यापक बनाइएमा इरानसँगको युद्धका कारण डिजेलको मूल्यमा आएको ऐतिहासिक वृद्धिबाट प्रभावित ट्रक चालकलाई विशेष राहत पुग्न सक्छ। रुसका तेल प्रशोधन केन्द्रमाथिका आक्रमण र चीनले इन्धन निर्यातमा लगाएको प्रतिबन्धले पनि डिजेलको मूल्यवृद्धिलाई थप चर्काएको छ।

यस कदमबाट आफ्ना उत्पादन बजारसम्म पुर्‍याउन तथा मल र अन्य कृषि सामग्री ढुवानी गर्न ट्रकमा निर्भर किसानलाई पनि राहत पुग्न सक्छ।

ट्रम्पले भने, “धेरै वर्षदेखि कृषि सवारी, निर्माण उपकरण र सडकबाहेकका अन्य सवारीसाधनले रेड–डाइड डिजेल भनेर चिनिने इन्धन प्रयोग गर्दै आएका छन्। तपाईंलाई थाहा छ, त्यो के होरु मलाई त यो के हो भन्ने थाहा छैन, तर जे होस्, यो निकै राम्रो हुनुपर्ने हो।”

ह्वाइट हाउसले जारी गरेको तथ्यपत्रअनुसार आदेशमा भनिएको छ,“अमेरिकीहरूका लागि लागत घटाउने उद्देश्यले सडकमा प्रयोग हुने इन्धनका रूपमा सडकबाहेकका प्रयोजनका लागि प्रयोग गरिने ‘डाइड’ डिजेललाई अस्थायी रूपमा प्रयोग गर्न अनुमति दिने र लागू हुने संघीय अन्तःशुल्कको भुक्तानी स्थगित गर्नेछ।”

तथ्यपत्रअनुसार आदेशले अर्थमन्त्रीलाई रक्षामन्त्रीसँग परामर्श गरी वर्षको अन्त्यसम्म सडकमा प्रयोग हुने डाइड डिजेलको कर भुक्तानी स्थगित गर्न निर्देशन दिएको छ। यस अवधिमा उक्त स्थगित करमा ब्याज वा जरिवाना लाग्ने छैन। साथै, स्थगित गरिएको कर तिर्नुपर्ने दायित्व नै हटाउने सम्भावित उपायबारे अध्ययन गर्न पनि निर्देशन दिइएको छ।

ह्वाइट हाउसले प्रशासन र राज्यका गभर्नरहरूले सडकमा डाइड डिजेल प्रयोग गर्दा सामान्यतः लाग्ने करसम्बन्धी दायित्व र निरीक्षण रोक्न आफ्नो ‘प्रवर्तन विवेकाधिकार’ प्रयोग गर्न सक्ने जनाएको छ।

त्यस्तै, प्रशासनका अधिकारीलाई थप राज्यहरूले यस्तै नीति अपनाउन प्रोत्साहित गर्न तथा उच्च माग भएका क्षेत्रमा किसानले डाइड डिजेल सहज रूपमा पाउने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिइएको छ।

डिजेलको मूल्य इरान युद्ध सुरु हुनुअघि प्रतिग्यालोन ३.७६ डलर रहेकोमा बढेर सेप्टेम्बर २२ मा कीर्तिमानी ६.५३ डलर पुगेको थियो। एएएका अनुसार, सोमबार डिजेलको राष्ट्रिय औसत मूल्य प्रतिग्यालोन ६.३२ डलर थियो।

सामान्य अवस्थामा सडकमा प्रयोग हुने डिजेलमा संघीय सरकारले प्रतिग्यालोन २४.४ सेन्ट अन्तःशुल्क लगाउँछ। संघीय तथ्यांकअनुसार डिजेलमा राज्यस्तरका करसमेत लाग्छन्, जसको औसत प्रतिग्यालोन ३५.५ सेन्ट छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.