मंगलवार, आश्विन २०,२०८३ 11:35:45
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 11:35:45
Bizshala
Global IME Bank Limited

स्पेसएक्सको शेयरमा उछाल, एलन मस्क पुनः बने ट्रिलियनियर

Bizshala
स्पेसएक्सको शेयरमा उछाल, एलन मस्क पुनः बने ट्रिलियनियर
New Office

काठमाडौं। एलन मस्कको कुल सम्पत्ति पुनः १ ट्रिलियन डलर नाघेको छ। उनको स्वामित्वमा रहेका स्पेसएक्स र टेस्लाका शेयरको मूल्य बढेसँगै मस्क पुनः ट्रिलियनियर बनेका हुन्। यसअघि उनी जुनमा पहिलोपटक यो स्तरमा पुगेका थिए।

फोर्ब्सका अनुसार सोमबार मस्कको कुल सम्पत्ति १ ट्रिलियन डलर पुगेको छ, जुन गत शुक्रबारको तुलनामा ३०.६ अर्ब डलरले बढी हो।

यस वृद्धिसँगै मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। उनीपछि अमेजनका प्रमुख जेफ बेजोस ३७१.५ अर्ब डलरको कुल सम्पत्तिसहित दोस्रो स्थानमा छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

स्पेसएक्सले नास्डाकमा कारोबार सुरु गरेपछि मस्क यसअघि जुनमा विश्वकै पहिलो ट्रिलियनियर बनेका थिए। तर, केही दिनमै स्पेसएक्स र टेस्लाका शेयरको मूल्य घटेपछि उनले उक्त हैसियत गुमाएका थिए।

पछिल्ला केही दिनयता स्पेसएक्स र टेस्लाका शेयरको मूल्य बढेसँगै मस्कको सम्पत्ति पुनः ट्रिलियन डलरको सीमातर्फ उक्लिएको थियो। गत साता टेस्लाको तेस्रो त्रैमासिक सवारीसाधन बिक्री विश्लेषकहरूको अपेक्षाभन्दा राम्रो भएपछि शुक्रबार मात्रै मस्कको कुल सम्पत्ति ६१ अर्ब डलरले बढेको थियो।

सोमबार टेस्लाको शेयर मूल्य पनि १ प्रतिशतभन्दा बढीले बढेको थियो। त्यस्तै, स्पेसएक्सको शेयर मूल्यमा अझ ठूलो उछाल देखिएको थियो। सोमबार स्पेसएक्सको शेयर मूल्य ५ प्रतिशतभन्दा बढीले बढेर प्रतिशेयर १६७ डलर पुगेको थियो। यही वृद्धिले मस्कलाई पुनः ट्रिलियनियरको हैसियतमा पुर्‍याएको हो।

स्पेसएक्सको शेयर मूल्य बढ्नुमा मोर्गन स्टेनलीका विश्लेषकहरूले कम्पनीको शेयरको मूल्यांकन कम भएको बताएका सुझावलाई पनि कारण मानिएको छ। त्यस्तै, गत साता स्पेसएक्सको स्टारसिप पहिलोपटक सफलतापूर्वक कक्षमा प्रक्षेपण भएको थियो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.