काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले असोज २९ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर र ७ वर्ष अवधि रहेको ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र जारी गर्नेछ। कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता व्यक्तिगत तर्फ र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फको ऋणपत्रमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति कात्तिक १० गते रहेको छ। सो अवधिमा पर्याप्त आवेदन नपरे कात्तिक १२ गतेसम्म समय थपिनेछ।
ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।