राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र बिक्री गर्ने
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले असोज २९ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर र ७ वर्ष अवधि रहेको ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो।

