काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २१.९५ अमेरिकी डलर अर्थात् ०.५२ प्रतिशतले बढेर प्रतिऔंस ४,१६० डलर आसपासमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ०.२२ अमेरिकी डलर अर्थात् ०.३६ प्रतिशतले बढेर प्रतिऔंस ६१.१९ डलर आसपासमा कारोबार भइरहेको छ।
फेडरल रिजर्भले यसै महिना ब्याजदर बढाउने सम्भावना घटेपछि आज सुनको मूल्यमा वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यस्तै अमेरिकी डलर बलियो रहनु र अमेरिकी ट्रेजरीको प्रतिफल उच्च हुनुका कारण सुनमाथि दबाब कायम रहे पनि ब्याजदर वृद्धिको सम्भावना कमजोर हुँदा सुनको मूल्यलाई केही टेवा दिएको अन्तर्राष्ट्रिय समाचारमा उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।